कास्कीको चापाकोट, भदौरेतामागी, ढिकुरपोखरी र कास्कीकोट लगायतका गाविसको संगमस्थलमा माझथुममा संचालित महायज्ञमा करिब १५ लाखरुपैयाँ संकलन भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको रक्षा गर्ने, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षा प्रचारका साथै सिद्धबराह तपोवन सन्यास आश्रम क्षेत्रको पर्यटकीय विकास, मन्दिर निर्माण बहुउद्देश्यीय भवन निर्माण लगायतका उद्देश्यका साथ सिद्धबराह धनधान्याचल धार्मिक महामहोत्सव एवं श्रीमत् देवी भागवत नवाह ज्ञानमहायज्ञको तेस्रो दिनसम्म १५ लाख रुपैयाँ संकलन भएको हो । महायज्ञमा भागवत परिकर ब्र. नारायण प्रसादले भागवत कथा वाचन गरिहेका छन् । महायज्ञको तेस्रो दिन सोमबार कास्कीकोटबाट हाल पोखरा आइ व्यवसाय गरिरहेका बामदेव वस्ताकोटीले एकलाख पाँचहजार पाँच रुपैयाँ दान गरेका दिए भने स्थानीय सिद्धबराह आमा समूहले ५१ हजार पाँचसय पाँच रुपैयाँ र पोखरा बैदामबा होमबहादुर लामिछानेले २१ हजार रुपैयाँ दान गरेका छन् । यसैगरी अर्मला घर भइ पोखरामा बस्ने युवा व्यवसायी दीपक भट्टराईले १५ हजार पाँचसय ५५ र नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद शुक्रराज शर्माले पाँच हजार रुपैयाँ दान गरेको महायज्ञ मूल आयोजक समितिका सचिव तथा प्रचार संयोजक केशव सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । आइतबार स्थानीय प्रेमराज भण्डारीले एकलाख ११ हजार एकसय रुपैयाँ दान दिने घोषणा गरेका थिए । महायज्ञको पहिलो दिन कास्की बाहिरका नारायण प्रसाद तिमिल्सिना र कमला कार्कीले जनही २५ हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गर्नु बाहेक अन्य कसैले पनि सहयोगको घोषणा गरेनन् । महायज्ञका लागि जलघडा अर्थात कलश विक्री गरिएको र करिब एकहजार चारसय कलशको विक्रीबाट करिब १५ लाख रुपैयाँ प्राप्त भएको समेत उनले बताए । महायज्ञको पहिलो दिन पोखराको सेतीनदी स्थित गाइघाटबाट सिद्धबराहको माझथुम अर्थात महायज्ञ स्थलसम्म कलश यात्रा गरिएको थियो । माझथुमको धार्मिक र पर्यटकीय महत्वलाई मध्यनजर गर्दै सिद्धबराह संस्कृत विद्याश्रममा अध्ययनरत बटुकहरुको शिक्षा, दीक्षा र आवास सुविधालाई व्यवस्थित गर्ने उद्देश्य पनि महायज्ञको रहेको छ । आध्यात्मिक जागरण एवं गुरुकूल स्थापना गरि संस्कृत शिक्षाको प्रचारका साथै विश्व शान्ति, मानव कल्याण एवंस गर्ने, समाजलाई नैतिक, अनुशासित बनाउने लक्ष्य समेत महायज्ञले लिएको छ । यसअघि सोही स्थानमा गरिएको महायज्ञ बाट संकलित रकमले गुरुकूल भवन निर्माण कार्य भैरको छ । तर अन्य पूर्वाधारको अभावमा र त्यसलाई दीगो रुपमा संचालन गर्नका लागि यसपटक पुनः महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका उपाध्यक्ष कलाधर भण्डारीले बताए ।
महायज्ञमा नेपालका रामदेव भनेर चिनिने योग गुरु धामशरण, शक्तिमाताले समेत प्रवचन दिएको संयोजक धुव्र प्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार धार्मिक महामहोत्सव एवम् श्रीमत देवी भागवत नवाह ज्ञानमहायज्ञमा भक्तजन आउनेक्रम दिनहुँ बढ्दै गएको छ ।
महायज्ञमा नेपालका रामदेव भनेर चिनिने योग गुरु धामशरण, शक्तिमाताले समेत प्रवचन दिएको संयोजक धुव्र प्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार धार्मिक महामहोत्सव एवम् श्रीमत देवी भागवत नवाह ज्ञानमहायज्ञमा भक्तजन आउनेक्रम दिनहुँ बढ्दै गएको छ ।
Post a Comment