0

पोखराको नागढुंगामा जुुवातास खेल्ने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ स्थित नागढुंगाको एक घरको दोस्रो तल्लामा फल्याट भाडामा लिई जुवातास खेलाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले चार थान बुक तास र ७१ हजार तीन सय ५० रुपैयाँ सहित ९ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउपर्नेहरुमा पोखरा १४ बस्ने ४० वर्षीय जित बहादुर पुन, पोखरा ७ बस्ने ४६ वर्षीय आश बहादुर गुरुङ, पोखरा ९ बस्ने ३० वर्षीय कमला गुरुङ, पोखरा १० बस्ने ३६ वर्षीय रोशन पुन, पोखरा १४ बस्ने ३२ वर्षीय सुधन घर्ती, पोखरा १७ बस्ने ५४ वर्षीय भक्तबहादुर गुरुङ, पोखरा १३ बस्ने ४५ वर्षीय शोभा गुरुङ, लेखनाथ ३ बस्ने ३८ वर्षीय राज गुरुङ र तनहँुं ब्यास ११ बस्ने ३३ वर्षीय चन्द्र बहादुर पोखरेल रहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका सवैलाई जुवा मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top