0
ग्रामीण क्षेत्रमा निम्नवर्गीय समुदायलाई जीवनस्तर उकास्नका लागि दुई दिने कार्यव्रmम कास्कीको हंसपुरमा सम्पन्न भएको छ । सिप हस्तान्तरणद्वारा सशक्तिकरण नेस्ट पोखरा र स्थानीय सुशासन तथा सामूहिक विकास कार्यव्रmमको संयुक्त आयोजनमा भएको कार्यव्रmममा कास्कीका ११ गाविसका समुदाय परिचालक र प्राविधिक सहायक गरी २७ जनालाई आत्मनिर्भर र सुशासन कायम गर्नका लागि तालिम प्रदान गरिएको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तरगत गरिएको कार्यव्रmमले समुदायमा रहेका व्यक्तिहरुलाई आयआर्जन गरेर व्यक्तिको जीवनस्तर उकास्न कार्यव्रmम महत्वपूर्ण रहेको नेस्टका कार्यकारी निर्देशक छवि गौडेलले बताए । कार्यव्रmममा जिल्ला प्रशासन कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रितमराज पौडेलले  ग्रामीण क्षेत्रमै पुगेर गरिएका कार्यव्रmमहरु लोकप्रिय भएको बताए । कास्कीको मिजुरेडाँडा, माझठाना, हंसपुर, थुम्की, कालिका, देउरालाी, रुपाकोट। सिद्ध, नामार्जुङ, भाचोक र सैमराङका अगुवा सामाजिक परिचालकहरुको कार्यव्रmममा सहभागिता रहेको थियो ।

Post a Comment

 
Top