0
कास्कीमा रहेका एम्बुलेन्स चालकहरुका लागि पोखरामा आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय मार्फत कास्की शाखाद्धारा सञ्चालित प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत सो तालिम आयोजना गरिएको हो । चार दिनसम्म सञ्चालन हुने सो तालिमको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले उद्घाटन गर्दै विभिन्न विपत्ति तथा दुर्घटनामा सेवा दिन एम्बुलेन्ससहित एम्बुलेन्स चालक पुग्ने भएकाले उनीहरुलाई तालिम प्रदान गरिएको जानकारी दिए । कार्यक्रम व्यवस्थापन समिति संयोजक डोलराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री कृष्ण तिमील्सीना, नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार महाशाखा प्रमुख कृष्ण घिमिरे, शाखाका कोषाध्यक्ष धर्मराज अधिकारीले एम्बुलेन्स र चालकको महत्वबारे प्रकाश पारेका थिए ।तालिममा कास्कीका विभिन्न संघसंस्थाका २४ जना एम्बुलेन्स चालकहरुको सहभागिता रहेको छ । प्राथमिक उपचार र सडक सुरक्षा, प्राथमिक उपचार परिचय, घाइतेको जाँच, बेहोसी, कृत्रिम श्वासप्रश्वास र सी.पी.आर, ठूलो रक्तस्राव र क्षोभ टाउको र मेरुदण्डको चोट, हाँड भचाई र मर्काई, घाउ चोटपटक र पट्टिहरु, पोलाई, घाईतको ओसारपसार, मनोवैज्ञानिक प्राथमिक उपचार लगायतका विषयमा तालिम प्रदान गरिने छ । तालिममा राजेश कुमार घिमिरे, मीना सुवेदी, मित्रलाल सुवेदी, रेखा ढकाल र सूर्य तिमिल्सिना पालुवाले सहजिकरण गनैृछन् । तालिम अनुगमन प्राथमिक उपचार महाशाखा प्रमुख कृष्ण घिमिरेले गरेका थिए

Post a Comment

 
Top