0
 लेखनाथ नगरपालिका वडा नं. ३ अर्घौमा अवस्थित न्यू एरा  एकेडेमी उ.मा.वि. मा  कक्षा १२   का  विद्यार्थीहरुलाई बिदाई तथा शुभकामना  प्रदान  गरिएको छ ।  कक्षा ११ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्राचार्य वेदप्रसाद बस्ताकोटीले शैक्षिक स्तर उकास्नका लागि आफूहरु लागि  परेको बताए ।
उमावि संयोजक रामचन्द्र दाहालले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै शुभकामना दिएका थिए । कक्षा ११ का संगम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रम कक्षा ११का निरज अधिकारीले स्वागत गरेका थिए उमावि शिक्षक विष्णुहरि पौडेल, दिनेश अधिकारी, शिक्षिका यशोदा गौतमले पनि आ–आफ्ना भनाई राखेका जानकारी  एकडेमिक डिन प्रकाश अधिकारीले दिए ।

Post a Comment

 
Top