0
ताप्लेजुङको फुङलिङमा भएको आगलागी पीडितका लागि युवा संघ नेपालले पोखरामा संकलन गरेको रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुष्णबहादुर राउतलाई हस्तान्तरण गरेको छ । संघले दुई दिन चलाएको आर्थिक संकलन अभियान अन्र्तगत संकलित ६४ हजार ८ सय ५ रुपैयाँ हिजो (आइतबार) युवा संघ केन्द्रीय सदस्यद्धय फत्तबहादुर गुरुङ, दर्शन लामा र पूर्णलामाले प्रमुख जिल्ला अधिकारी राउतलाई हस्तान्रतण गरे । सघले  अन्र्तगत शुक्रबार २६ हजार १ सय ५० र विहीबार ३६ हजार ५ सय ६० रुपैयाँ संकलन भएको तथा युवा संघले दुई हजार थप गरि उक्त रकम हस्तान्तरण गरेको युवा सघ गण्डकी अञ्चल उपाध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए । संकलित रकम सम्वन्धित ब्यक्तिहरुको हातमा पुयाउन युवा संघले आग्रह गरेको थियो । संकलित रकम बुझदै प्रमुख जिल्ला अधिकारी राउतले रकम ताप्लेजुङ दैवि प्रकोप उद्दार कोषमा दाखिला गर्ने बताए । उनले ताप्लेजुङको पिडा पोखरालाई पनि  बोध हुनुपर्छ भन्ने मान्यताले गरिएको कार्य प्रशसनिय रहेको बताए । राजनीतिसँगै सामाजिक काममा पनि युवाले सहयोग गर्नुपर्छ भन्ने हेतुले रकम संकलन गरीएको र आगामी दिनमा पनि विपतमा परेकालाई सहयोग गर्न पछि नपर्ने युवा  संघ केन्द्रीय सदस्य दर्शन लामाले बताएका छन् । 

Post a Comment

 
Top