पोखरामा आइतबार भएका दुई छुट्टाछुट्टै यात्रुबहाक बस दुर्घटनामा एक जनाको मृत्यु र २४ जना घाइते भएका छन् । पोखरा उपमहानगरपालिका १७ महतगौडामा माइक्रो मिनी बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दुर्घटनामा पोखरा १७ लामतारा बस्ने ४९ वर्षिय रुकमणी केसीको मुत्युु भएको कास्की प्रहरीले जनाएको छ । केसीको बसले च्यापिएर मृत्यु भएको हो । केसीको उपचारका क्रममा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । १ ख १८१० नम्बरको माइक्रोबस दुर्घटना भएको र १२ जना घाइते भएका हुन् । दुर्घटनामा परि गम्भीर घाइते पाँच जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्किएका छन् । पोखरा तिर आउदै गरेको माइक्रोबस महतगौडको उकालो घुम्तीमा ब्रेक नलागेपछि व्याक भएर दुर्घटना हुन पुगेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिएका छन् । बस चालक धादिङ्ग सुनौलाबजार १ घर भई पोखरा बस्ने ४२ वर्षिय भिमबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै बाग्लुङबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ५४२५ नम्वरको यात्रुबहाक बस कास्कीको हेमजामा दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् । हेमजाको भोटेम्याप भन्ने ठाँउमा बस दुर्घना भएको हो । बसमा ३५ जना यात्रु सवार रहेका थिए । घाइते मध्य ८ जनाको मणिपाल शिक्षण अस्पताल र ४ जनाको सहारा हस्पिटल पोखरामा उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
Home
»
Flash
»
घटना दुर्घटना
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» हेमजा र महतगौडमा बस दुर्घटना, एकको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Post a Comment