0
पोखरा विभिन्न नागरिक समाजले डाक्टर गोविन्द केसीको मागप्रति सरकार जिम्मेवार नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सुसाशनको लागी नागरीक समाजको संजाल (सुनास) कास्कीको पहलमा पोखराका विभिन्न नागरिक समाजले आज ध्यानाकर्षण पत्र प्रकाशित गरि डा केसीको जायज मागलाई तत्काल पूरा गरी उनको जीवन रक्षा गर्न माग गरेको हो । आमरण अनसनको आठौँ दिनसम्म पनि सरकार गम्भीर बन्न नसक्नुले सुशासन प्रत्याभुत गर्ने सकारको प्रतिवद्धतामा प्रश्न गर्ने ठाउँ देखिएको नागरिक समाजको ठहर छ । स्वास्थ्य शिक्षा क्षेत्रको वेथिती हटाउन आवश्यक पहल गर्न सरकारसँग जोडदार माग गरिएको छ । जनप्रतिनिधि मुलक लोकतान्त्रिक व्यवस्थाका प्रतिनिधिहरु जनभावना र जनकल्याणप्रति संवेदनशील देखिनु दुर्भाग्यपूर्ण रहेको नागरिक समाजको निष्कर्ष रहेको छ । सुनासका अध्यक्ष पुण्य पौडेल, पुनरावेदन बार एशोसियसन पोखराका अध्यक्ष खगेन्द्रराज आचार्य, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, शान्तिका लागि नागरिक समाज सञ्जालका पूर्व अध्यक्ष विष्णु बराल, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सरला पाण्डे, इन्सेकका निमित्त संयोजक सवनम शर्मा, गुरुङ प्राज्ञिक तथा व्यवसायीक मञ्च्का अध्यक्ष सुन्दर गुरुङ, उपभोक्त मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, सिविनका प्रेम सोङ्गमने लगायतले संयुक्त रुपमा जारी गरेको ध्यानाकर्षण पत्रमा स्वास्थ्यप्रति थप हेलचक्राइ हुन नदिन नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको छ ।

Post a Comment

 
Top