चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगितामा बुधबारको खेलमा विष्णुपादुका क्लब, संगम एफसी, एलजी एशोसिएशन र सत्य युवा क्लबले जीत हात पारेका छन् । बुधबार भएको पहिलो खेलमा समूह समूह ए को विष्णुपादुका क्लबले एपेक्स क्लबबाट वाकओभर पायो । वाकओभरसँगै छ अङ्क जोडेको विष्णपादुका क्लब एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब उसले समूहचरणको अन्तिम खेल शीतलज्योति क्लबसँग बराबरी गरेमात्रै पनि पर्याप्त हुन्छ ।
सोही समूहको अर्को खेलमा संगम एफसीले शीतलज्योति क्लबलाई ३–१ ले हरायो । संगमको जीतमा विमल रानामगरले दुई तथा टंक गुरुङले एक गोल गरेका थिए । शीतलज्योतिको लागि सुरज लम्सालले सान्त्वना गोल गरे । दुई खेलमध्ये एकमा हार बेहोरेको संगम तीन अङ्कसहित तेस्रो स्थानमा झरेको छ भने समान अङ्क भए पनि शीतलज्योति शीर्ष स्थानमै छ । सो खेलमा शीतलज्योतिका मनिष गुरुङ र सजिन थापा तथा संगमका कुमार गुरुङ र अजय गुरुङले एलोकार्ड खाएका थिए ।
तेस्रो खेलमा समूह बी को एलजी एशोसिएशनले आदर्श युवा क्लब भण्डारढिकलाई ६–० को फराकिलो अन्तरले पाखा लगायो । एलजीको लागि खगेन्द्र पुन र प्रविन बानियाँले दुई–दुई तथा सिद्धार्थ रञ्जित र प्रदीप बानियाँले एक–एक गोल गरेका थिए । जीतसँगै छ अङ्क जोडेको एलजी पनि एक खेलअगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अघिल्लो खेलमा डेभिडफल क्लबविरुद्ध ८–३ को नतिजा निकालेको आदर्शले क्वाटरफाइनलमा प्रवेश गर्न अन्तिम खेलमा सत्य युवा क्लबलाई जित्नैपर्ने हुन्छ । चौथो खेलमा सत्य युवा क्लब बाँझापाटनले डेभिडफल क्लबलाई ५–१ ले पन्छायो । सत्यको लागि नरेश केसी र सुशिल लामाले दुई–दुई तथा भीम गुरुङले एक गोलको योगदान दिएका थिए । डेभिडफलको तर्फबाट बेदबहादुर थापाले खेलको २८ मिनेटमा गरेको एकमात्र गोल टीमको लागि सान्त्वना बन्न पुग्यो । जीतसँगै तीन अङ्क जोडेको सत्य समूहको दोस्रो स्थानमै छ । दुई खेलमध्ये एक खेलमात्र जितेको सत्यले क्वाटरफाइनलमा स्थान बनाउन आदर्श युवा क्लबरिुद्धको अन्तिम खेल जित्नैपर्ने हुन्छ । सो खेलमा डेभिडफलका राजकुमार गुरुङले डबल एलो (रेड) कार्ड पाए । उनले खेलको २६ मिनेटमा पहिलो तथा ६८ मिनेटमा दोस्रो एलोकार्ड पाएका थिए । बिहीबार तीन खेल हुनेछन् । जसअनुसार समूह डी को इन्द्रेणी र सहारा क्लबबीच बिहान साढे सात बजे पहिलो, सोही समूहको गार्डेन र नयाँगाउँ युथ क्लबबीच नौ बजे दोस्रो तथा समूह सी को नवआदर्श क्लब लामाचौर र पोखरा भ्याली स्पोर्टस् क्लबबीच ११ बजे तेस्रो खेल हुने सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए । चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल सङ्घको मातहतमा रहेका १५ क्लबको सहभागिता रहेको छ ।
यसैगरी आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ सातौं खैरेनीटार महोत्सवअन्तर्गत जारी खुल्ला पुरुष भलिबल प्रतियोगिता को अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार एकाइ र शुक्लागण्डकी नगरपालिका को संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा गजरकोट गाविसलाई सोझो तीन सेटमा पराजित गर्दै आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

Post a Comment