0


एमाले भित्र दुईटा समूहको विवाद नमिल्दा नेताहरुको कार्यविभाजनको लम्बिएको लम्बियै छ । महाधिवेशन सकिएको झण्डै  नौ महिना भइसक्दा पनि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल समूहबीच कसले के जिम्मेवारी लिने भन्नेमा कुरा मिल्न सकेको छैन । यही एजेण्डामा छलफल गर्न बोलाइएको स्थायी समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । ओली निवास बालकोटमा भएको बैठकमा कार्य्विभाजनको प्रस्ताव कसले ल्याउने भन्नेमा नै नेताहरु अल्झिए । ओली निकट नेताहरु  कार्र्यिवभाजन सम्बन्धि प्रस्ताव सचिवालयमा छलफल नगरी सिधै बैठकमा पेश गर्ने तयारीमा छन् भने नेपाल समूहका नेताहरु सचिवालयमा प्रारम्भिक छलफफल गर्नुपर्ने पक्षमा छन् । यसअघि  पनि यस्तै विवाद भएपछि सचिवालयमा छलफल गरेर ल्याउने कुरा भएको थियो । तर सचिवालयको बैठक नै नबसी फेरि त्यही एजेण्डामा छलफल गर्न लागेपछि आइतबार माधव नेपाल समूहका नेताहरुले सचिवालयमा छलफल गुर्नपर्ने माग पुनःदोहोर्रुयाए । त्यसपछि सोमबार बिहान सचिवालय बैठकमा छलफल गरी दिउँसो स्थायी समितिमा पेश गर्ने निर्णय भएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ‘नेताहरुको कार्य्विभाजन नहुदा समस्या भएको छ, अब छिट्टै टुग्याउनुपर्छ भन्ने छ,’ उनले भने ।
नेपाल पक्षका नेताहरुले ओली निवासमा पार्टीको बैठक हुने गरेकोमा पनि असहमति जनाएका थिए । उपमहासचिव घनश्याम भुसाल लगायतका नेताहरुले पार्टीको बैठक पार्टी कार्यालय मै हुनुपर्ने भनाइ राखेका थिए । ‘पार्टीको बैठक घरमा अस्पतालमा गर्नु ठीक हुँदैन, विरामी भएको अवस्थामा बरु बैठक रोक्न वा अरु कसैलाई कार्यवहाक जिम्मेवारी दिएर काम गर्न सकिन्छ,ु ज्ञवालीले भने,–‘यसबारेमा हामीले अध्यक्षको ध्यानाकर्षण गराएका छौं ।’ ओली निवासमा भएको आइतबारको बैठकमा नेता माधवकुमार नेपाल भने सहभागी भएनन् । स्वास्थ्य अवस्था विग्रेकाका कारण ओलीले निवासमै बैठक बोलाएका थिए ।  नेपाल समूहका नेताहरुले असन्तुष्टि जनाए पनि ओली पार्टी कार्यालय जाने अवस्था नरहेकाले बालकोटमै बैठक बस्नेछ  ।
यसैबीच युवा सङ्घ नेपालको असन्तुष्ट पक्षको भेलाले दिलु पन्तको संयोजकत्वमा आइतबार ‘वैचारिक साङ्गठनिक रूपान्तरण अभियान’ गठन गरेको छ । सङ्घको उपाध्यक्ष रहेकी पन्तको संयोजकत्वको उक्त अभियानमा अर्का उपाध्यक्ष राजु गुरुङ, सचिवहरू अशोककुमार चन्द, नरेशकुमार शाह, हस्तबहादुर शाही र मञ्जु यादवलगायत सदस्य रहेका छन् । त्यसैगरी, अभियानमा केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू, अञ्चल कमिटी पदाधिकारी, जिल्ला कमिटीका अध्यक्षहरू रहेका छन् ।  अभियानका संयोजक पन्तले युवा सङ्घको अर्को समानान्तर कमिटी नभएर देशव्यापी रूपमा एकताका साथ सङ्गठन सुदृढीकरणका लागि नयाँ अभियान सुरु गरेको र सोमबार बैठक बसी थप योजना तय गरेर अघि बढने बताइन ।     भेलाको उद्घाटन नेकपा (एमाले)का नेता माधवकुमार नेपालले गरेका थिए भने अभियानको गठन गर्दा पार्टीका पोलिटब्युरो सदस्यद्वय बेदुराम भूसाल र पशुराम मेघी गुरुङ र केन्द्रीय सदस्यहरू राजेन्द्र राई, रामकुमारी झाँक्री, वैकल्पिक केन्द्रीय सदस्य रचन खड्कालगायतको उपस्थिति रहेको थियो । सङ्घका अध्यक्ष महेश बस्नेतले अध्यक्ष पदबाट राजीनामा दिएर उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाएपछि सङ्घमा नेता नेपाल निकट पक्ष असन्तुष्ट भएका थिए । संस्थापन पक्षको भने आजै हेटौँडामा विस्तारित बैठकको आयोजना गरेकोे छ । परिषद् भेला बेलाउने भनिएता पनि पार्टी केन्द्रकोे निर्देशनमा सङ्घले विस्तारित बैठकको आयोजना गरेको हो ।

Post a Comment

 
Top