काठमाडौंमा जारी एपीएफ राष्ट्रियटेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उच्चस्तरीय खेल प्रदर्शन गरेका छन् । प्रतियोगितामा भाग लिन पोखराबाट गएका सबै खेलाडीहरुले विजयी शुरुवात गरेका छन् । मेन्स सिंगलतर्फ उपाधिकै दावेदार मानिएका अभिषेक बाँस्तोलाले तेश्रो चरणमा स्थान बनाएका छन् । प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डबल्समा लोक गुरुङ्ग र हर्क गुरुङ्गले प्रेम थापा र भावर एस मल्ललाई ६–३, ७–६ ले पराजित गरेका छन् । त्यसैगरि ३५ वर्ष माथिको डबल्समा राजन पौडेल र गोपीबहादुर भट्टराईको जोडिले गौरीशंकर श्रेष्ठ र जी पन्तलाई ६–४, ६–२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । ४५ वर्ष माथिको एकलमा विनोद कायस्थले प्रताप मोक्तानलाई ६–४, ४–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । मोक्तानले यसअघि पोखरामा सम्पन्न भेट्रान्स राष्ट्रिय प्रतियोगिमा लगातार दुई पटकसम्म उपाधि जितेका थिए । ४५ वर्ष माथिको एकलमा धरमबहादुर लामिछानेले काजी गुरुङ्गलाई ६–१, ६–२ ले पराजित गरे । लामिछाने पोखराका भेट्रान च्याम्पियन हुन् । त्यसैगरि पोखरेली युवा खेलाडीहरु शक्ति शर्मा र अनिल शाहिको जोडिपनि तेश्रो चरणमा प्रवेश गरेको छ । ३५ वर्ष माथिको एकलमा राजन पौडेल र निरज श्रेष्ठ बीचको खेल वर्षातले रोकिएको छ । खेल रोकिंदा राजनले पहिलो सेट ६–३ ले आफ्नों पक्षमा पारिसकेका थिए भने दोश्रो सेटमा उनी २–१ ले पछाडि थिए । वर्षातले खेल रोकिनु अघि गोपीबहादुर भट्टराईले पनि सोही इभेण्टमा राजु श्रेष्ठमाथि अग्रता लिएका थिए ।
टेनिसमा पोखरेली खेलाडीको उत्कृष्ट प्रदर्शन

Post a Comment