पोखरा उप–महानगरपालिकाले नगरक्षेत्रलाई सफा सुन्दर बनाउनका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत मंगलबार सभागृहमा फोहोरमैला ब्यवस्थापन का लागि सचेतनामुलक प्रवचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पोखरामा रहेका सम्पूर्ण टोल विकास संस्था, नागरिक समाज, युवा क्लव, आमा समूह, पत्रकार र सरोकारवालाको उपस्थितिमा बृहत् कार्यक्रम गरेर पोखरालाई सुन्दर र फोहोरमुक्त बनाउनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमका साथै फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रवचन र हाँस्य प्रहशन देखाईएको थियो ।
कार्यक्रममा सरकारका मुख्य सचिब लिलामणि पौडेलले नगरलाई सफा राख्नको लागि नगरबासी आँफै जिम्मेवार हुनुपर्ने बताए । नगरक्षेत्रका प्रत्येक ब्यक्ति आफै जिम्मेवार भए फोहोर व्यवस्थापनमा समस्या नहुने उनले बताए । फोहोरलाई कुहिने र नकुहिने बिभाजन गरी कुहिने फोहोरलाई घरभित्रै ब्यवस्थापन गर्न सकिने र नकुहिने फोहोरलाई सम्बन्धित स्थानमा विसर्जन गर्न सकिने उनले बताए । ७० प्रतिशत फोहोर घर भित्रै व्यवस्थापन गर्न सकिने उनले बताए । पौडेलले सार्बजनिक स्थानको साथै आफ्नो घर बाहिर फोहोर थुपार्नेलाई कार्वाही गर्नुपर्ने खाचो औंल्याए ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई सुन्दर बनाउन स्वयं पोखरेली समुदाय नै सक्रिय हुनुपर्ने बताए । नगरमा जसले फोहोर गर्छ उसैले सरसफाईको जिम्मा लिनुपर्ने थपलियाले बताए । कार्यक्रमका सहभागीहरुले अव्यवस्थित रुपमा खुलेका वर्कशपहरु ब्यवस्थापन गर्नुपर्ने, घर बनाउँदा सेफ्टी टंकी र शौफिट पनि बनाउनुपर्ने, मेला महोत्सवबाट निस्केको फोहोर आयोजकले नै ब्यवस्थापन गर्नुपर्ने, फोहोर फाल्ने ठेकेदार कम्पनीले पनि संबेदनशिल भएर फोहोर उठाउनुपर्ने, घर टोललाई वातावरणमैत्री बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् । यस्तै फोहोरमैला दूत सीताराम कट्टेल धुर्मुसले फोहोर मैला ब्यवस्थापन सम्बन्धी प्रहसन प्रस्तुत गरेका थिए भने फोहोर ब्यवस्थापन विज्ञ डा. राजु अधिकारीले प्रवचन दिएका थिए । नगरक्षेत्रका सेवाग्राही नागरिकहरुले भने नगरपालिकाले शुल्क लिएअनुसार सेवा नदिएको गुनासो गरेका छन् । शुल्क लिने बेलामा विभिन्न ठाउँमा अड्को थाप्ने तर सेवा भने नदिने उनीहरुको गुनसो छ । पोखरा उपमहानगरपालिको गत बर्षको साउन १ गतेदेखि लागू हुने गरी फोहोर उठाउने तालिका सार्वजनिक गरेको थियो । तर सोही तालिका अनुसार फोहोर उठाउने गाडी आफ्नो टोलमा नआउने नगरबासीहरुले गुनासो गरेका छन् । अहिले दैनिक पोखराका १८ ओटै वडाबाट ९५ टन फोहोर उत्पादन हुने गरेको छ । यो मध्ये ६८ प्रतिशत कुहिने खालको फोहोर छ भने ३२ प्रतिशत नकुहिने खालको छ । पोखराको फोहोरमैला ब्यवस्थापन गर्ने जिम्मा पोखरा फोहोरमैला ब्यवस्थापन प्राली र वातावरणिय सुन्दर नेपाल प्रालिलाई दिईएको छ ।
मासिक रुपमा उनीहरुले गरेको कामलाई आधार मानेर नगरपालिकाले सेवा शुल्कबाट उठेको रकम मध्ये कम्तिमा ६० प्रतिशत देखि बढीमा ८० प्रतिशत सम्म बजेट नीजि कम्पनीलाई दिँदै आएको छ । तिनीहरु मध्ये सुन्दर नेपालले नगरपालिकाको ३, ४, ८ र ९ तथा पोखरा फोहोरमैलाले ६, ७ र १७ नम्बरको फोहोर उठाउने काम गर्छ भने बाँकी रहेका वडाहरुमा नगरपालिका आँफैले फोहोर उठाउने नगरपालिकाले जनाएको छ ।

Post a Comment