0

चोक बजार क्षेत्रमा विद्युत आपुर्तिमा देखिएको समस्यालाई जानकारी गराउँदै त्यस क्षेत्रका उद्योगी, व्यवसायी तथा स्थानीय बासीको एक टोलीले नेपाल विद्युत प्राधिकरण गगनगौंडा शाखामा ध्यानाकर्षण गराईएका छन् । तालचोक क्षेत्रमा विद्युत वितरणका लागि राखिएको टान्सफर्मर बेला बेलामा बन्द हुने र थप बिजुली जडानको माग गर्दा पनि क्षमता नभएको भन्दै विद्युत प्राविधिकरणले देखाएको गैर जिम्मेवारी व्यवहारलाई मध्यननजर राख्दै हस्ताक्षयर सहितको ज्ञापनपत्र बुझाईएको हो । ब्यवसायीहरुको तर्फबाट आएको सुझाब र निवेदन प्रति गम्भीर हँुदै गगनगौडा वितरण केन्द्रका प्रमुख विरेन्द्र कुमार सिंहले तालचोक क्षेत्रमा बढेको जनघनत्व र अ‍ौद्योगिक करणका कारण विद्युत आपूर्ति भन्दा खपत बढि भएकाले तालचोक क्षेत्रमा समस्या उत्पन्न भएको कुरा स्वीकार गर्दै अबको एक महिना भित्रमा त्यो समस्या नरहने र नयाँ टान्फर्मर राख्ने गरि काम अगाडि बढेको विश्वास दिलाएका थिए । टोली तालचोक बजार व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीको नेतृत्वमा गएको थियो ।

Post a Comment

 
Top