0
पोखरा–६ वैदाम स्थित जरेवर चौतारो जोगाउन स्थानीय वासिन्दा सक्रिय बनेका
छन् । पुरानो इतिहास बोकेको भन्दै आफ्ना पितृहरुको सम्झनामा जेठा छोरा
खडानन्द न्यौपाने र माहिला छोरा खडानन्द न्यौपानेले करिव २ लाखको लागतमा
जरेवर चौताराको निर्माण गरेका स्थानीय समाजसेवी ज्ञानबहादुर खत्रीले
जानकारी दिए । स्वर्गीय पिता खिमलाल न्यौपाने
(तालघरे साहिँला) तथा माता श्रीकला न्यौपानेको स्मृतिमा आइतबार नवनिर्मित
चौतारीको उद्घाटन गर्दैै स्थानीय बयोबृद्ध तथा ओम शान्तिदूत पुनम र अप्सारा
 दिदीले समाजमा सकारात्मक चिन्तन र परमात्मामा लिन हुन धनले कुनै काम
नगर्ने भन्दै समाजसेवामा लाग्न सवैलाई अनुरोध गरेका थिए । स्थानीय समाजसेवी
 होमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टोल विकास वडा
समन्वय समिति वडा नं.६ का अध्यक्ष गिरिराज अधिकारीले गरेका थिए । नवनिर्मित
 चौतारीमा भएको कार्यक्रममा स्वागत मन्तव्य उज्ज्वल जरेवर दिदीबहिनी समूहकी
 अध्यक्ष इन्दिरा गैह्रेले गरेकी थिइन् । पुरानो चौतारा निर्माण कार्यले
वैदाम क्षेत्रको पहिचानमा थप टेवा पुगेको कार्यक्रममा वताईएको थियो । सो
अवसरमा स्थानीय कुलबहादुर लामिछाने, नन्दीकेशरी पहारी, पुतली पहारी,
नन्दकली पौडेल, लक्ष्मीदेवी पौडेल र बालकृष्ण न्यौपानेलाई सम्मान गरिएको
थियो ।

Post a Comment

 
Top