काठमाडौं,चैत १७ – होन्डा मोटरसाइकलका आधिकारिक बिक्रेता तथा ज्योती ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्ना ग्राहकलाई ‘नयाँ वर्ष शुभ रहोस्,सेफ रहोस्’ लक्षित गरी विभिन्न आकर्षक अफर बजारमा ल्याएको छ । यसअन्तर्गत हरेक होन्डा बाइकको खरिदमा ग्राहकहरुले चार हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड कुपन जित्नेछन् ।
यसमा हरेक हप्ता एक जना भाग्यशाली
ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँ पनि जित्न सक्ने कम्पनीले जनाएको छ
। अब होन्डा ग्राहकले सुरक्षाको अनुभूतिका साथै विभिन्न नगद पुरस्कार पनि
जिती आफ्नो नयाँ वर्ष शुभ बनाउन सक्ने कम्पनीले जनाएको छ । आफ्नो
स्थापनादेखि नै मोटरसाइकल बिक्रीवितरणको व्यवसाय गर्दै आएको स्याकार
ट्रेडिङ कम्पनी प्रालिका आधिकारिक बिक्रेता नेपालभर फैलिएको कम्पनीले
जनाएको छ ।
Post a Comment