पोखरा १७ चैत ।
सातौं संस्करणको हङकङ व्यूटि ट्यालेन्ट कन्टेस २०१५ को उपाधि दिपाली परियारले जितेकी छन् । प्रतियोगितामा सहभागी १० जना प्रतियोगिहरुलाई पछि पार्दै पोखरा न्यूरोडकी परियारले उपाधि हात पार्न सफल भएकी हुन् । उनले वेष्ट वाकको टाईटल समेत जित्न सफल भएकी हुन् । प्रतियोगितामा लेखनाथ बुढीबजारकी गीता थापा मगर फष्ट रनर अफ घोषित हँुदा पोखरा नयाँबजारकी निहा गुरुङ सेकेण्ड रनर अफ घोषित भईन । भिओर च्वाईसको टाईटल भने चितवनकी सोनि थिङले पाएकी हुन् । विजेताहरुलाई गत बर्षकी विजेता निशा भट्टराई, गतबर्षकै फष्ट रनर अफ बन्दना गुरुङ, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, हङकङ हर्वल व्युटि ईन्स्टिच्युटका निर्देशक सौन्दर्यविद् मिना गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १७ देखि २४ वर्ष उमेर समूहका ११ जनाले सहभागिता जनाएका थिए । महिलाहरुको व्यक्तित्व र क्षमता पहिचानसँगै महिला सशक्तिकरणको लागि उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको ईन्स्टिच्युटका निर्देशक सौन्दर्यविद गुरुङले बताईन ।
ईन्स्टिच्युटले आफ्नो संस्था स्थापनाको २८ आंै वार्षिकोत्सवको अवसरमा सो प्रतियोगितालाई आयोजना गरेको हो । प्रतियोगिताको द लुक्स फेसन होमका प्रबन्ध निर्देशक रविन्द्र बज्राचार्यले कोरियोग्राफी गरेका हुन् । प्रतियोगीताको निर्णायकमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, ज्ञानु बाबा आवासीय उच्च माविका सहायक प्रिन्सिपल बाबुराम सुवेदी, फष्ट मिस हङकङ तथा सन् २०१० का मिस कल्चर नेपाल सुरक्षा गुरुङ, सञ्चारीका समुह पश्चिमाञ्चलकी उपाध्यक्ष जमुना शर्मा (बर्षा ) पत्रकार दिननाथ बराल रहेका थिए ।
यस अघि उक्त प्रतियोगिताको उद्घाटन नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले गरेका थिए । कार्यक्रममा एमाले अध्यक्ष थापा र संचारकर्मी दिपेन्द्र श्रेष्ठले प्रतियोगिताले महिलाहरुमा आत्म विश्वास बढाउनुको साथै महिला सशक्तिकरणमा थप टेवा पुग्ने बताएका थिए । कार्यक्रममा जिफन्ट गण्डकी धौलागिरीका उपाध्यक्ष रुद्र बहादुर खत्री, ईश्वरीय विश्वविद्यालय पार्दी विरौटाकी संचालिका अप्सरा दिदी, युनियनका महासचिव सुमन गुरुङ, लगायले सौन्दर्यका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कन्चन पाण्डे, मन्जीला तामाङले नृत्य, आशिष परियारले गीत प्रस्तुत गरेका थिए ।
Post a Comment