चैते दशैंको अवसरमा कास्कीको ल्वाङमा चैते दशै मेला–२०७१ हुने भएको छ । स्थानीय ग्रिनहिल क्लवले आयोजना गर्न लागेको मेला चैत ११ देखि १३ गतेसम्म चल्ने छ । शहिद हरिप्रसाद स्मृति खेल मैदानमा संचालन गरिने मेलाको अवधी आवश्यकता अनुसार एक दिन थप गर्न सकिने बताइएको छ । ल्वाङ गाउँमा पर्यटन प्रवद्र्वन गर्ने, स्थानीय चिया बगानको प्रचार गर्ने, होम स्टे, क्यानोनिङ खेल र जैविक विविधता, स्थानीय भेषभूषाको प्रचार गर्ने लगायतका उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । मेला सम्पन्न गर्नका लागि क्लवका अध्यक्ष बोनी गुरुङको संयोजकत्वमा ३५ सदस्यीय मेला आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । मेलाको मिति नजिकिंदै गर्दा तयारीलाई तीव्र पारिएको छ । मेलाको आकर्षणमा पुरुष भलिबल, महिला भलिबल, नृत्य, रसी तान्ने, घैटो फुटाउने, छेलो हान्ने, मेच घुमाई, बेलुन फुटाई, चर्चित कालाकारहरुको लोक दोहारी, कन्सर्ट, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहने छन् । पुरुष भलिबलमा प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई २० हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने महिला भलिबलतर्फ प्रथम हुनेलाई १२ हजार र द्वितिय हुनेलाई आठ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यसैगरी अन्य प्रतियोगिताका विजेताहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । मेला सम्पन्न गर्नका लागि चार लाख ९५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लवका पूर्वअध्यक्ष एवं सल्लाहाकार भरत गुरुङले बताए । झण्डै १० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । ल्वाङमा झण्डै २० वर्ष पहिलेदेखि नै चैते दशैको अवसरमा मेला आयोजना गरिदै आइएको छ । ल्वाङ गाउँ पोखरादेखि २० किलोमिटरको दुरीमा पर्छ ।

Post a Comment