नेपाल उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ तथा युएन ह्याविट्याट नेपालको संयुक्त आयोजनामा आइतबार दीगो आवासको लागि आवश्यक सामाग्रीको आपूर्ति व्यवस्था तथा बजारीकरण बारेको गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बोल्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले स्थानीय श्रोत र साधन प्रयोग गरी वातावरणीय रुपले उपयुक्त घर निर्माणको अभियानलाई व्यापकता दिनुपर्नेमा जोड दिए । फोहरमैला व्यवस्थापन, सौर्य उर्जाको प्रयोग र वर्षाको पानीको समेत उपयोग हुने तरिकाले निर्माण हुने घरको नमूना बनाएरै प्रचार गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै युएन ह्याविट्याटका परियोजना प्रमुख इञ्जिनियर सन्तोष श्रेष्ठले नेपाली मौलिकता हराउँदै र विदेशीको नक्कल गर्दा वातावर मैत्री घर बन्न नसकेको धारणा राखे । उनले दीगो आवासको लागि घर निर्माण गर्ने क्रममा सबैले सजगता अपनाउनु पर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुद्वारा संचालित कार्यक्रममा पोखरा उपमहानगर पालिकाका वरिष्ठ इञ्जिनियर चन्द्रप्रकाश काफ्ले, युएन ह्याविट्याटका यसोदा श्रेष्ठ, सुमन शाक्य, राजेश मानन्धर लगायतले प्रशिक्षण तथा मन्तव्य व्यक्त गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment