0
 एमाओवादी र नेकपा(माओवादीबीच एकताका लागि गठित वार्ता कमिटीको पहिलो बैठकले छलफल अगाडि बढाउने ७ आधार तय गरेको छ । नेकपा–माओवादी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले सैद्धान्तिक, राजनीतिक आधारहरू तयार गरेको हो । एकताका आधारहरूमा मालेमावादको रक्षा, प्रयोग र विकासको कार्यान्वयन, नेपाली क्रान्तिको स्वरूप, रणनीति, कार्यनीति र विकास, संसदवाद र संसदको उपयोगबारे बुझाइ र प्रयोगसम्बन्धी छन् । सामाजिक क्रान्ति र रूपान्तरण लागि बल प्रयोगको सिद्धान्तको स्वरूप, प्रयोगको बुझाइ र कार्यान्वयन, विगतमा भएका गल्ती, कमी–कमजोरीको ठोस मूल्यांकन गरी सच्याउने, पार्टी सञ्चालनका सन्दर्भमा निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा जनवादी केन्द्रीयताको बुझाइलगायत आधार तय गरिएका छन्

Post a Comment

 
Top