0
शीतलज्योति युवा क्लब पोखरा–१२ को दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले सुरज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सन्तोष गुरुङ, द्वितीय उपाध्यक्षमा अमृत गुरुङ, सचिवमा पूर्णबहादुर गुरुङ, सहसचिवमा मीनप्रसाद गुरुङ, कोषाध्यक्षमा नरप्रसाद गुरुङ चयन भएका छन् । यस्तै सदस्यमा हरि खड्का, डम्मर गुरुङ, राजकुमार गुरुङ, सुभास गुरुङ, प्रकाश गुरुङ र अनिश भुज च्यन भएका छन् । सोही दिन भएको नयाँ कार्यसमितिको पहिलो बैठकले टीकाबहादुर कार्की, विमल बस्याल, डा. निर्मल लामिछाने, विष्णुकुमार श्रेष्ठ, मीन गुरुङ, विनोद कार्की, लोकबहादुर गुरुङ, कविराज गुरुङ, पूर्ण श्रेष्ठ, देवीजंग गुरुङ, शिवबहादुर कार्की र किरण केसीलाई सल्लाकारमा चयन गरेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष रिसवदेव बास्तोलाले नयाँ कार्यसमिति लाई बधाई दिनुको साथै संस्थालाई जीवित राख्दै अहिलेका युवालाई सामाजिक कार्यमा लगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरज श्रेष्ठले समाजमा भएका विकृति र विसङ्गति न्यूनीकरण गर्दै युवालाई खेलकुद र मनोरञ्जनसँगै सामाजिक काममा लगाउने प्रतिबद्धता जनाए ।

Post a Comment

 
Top