गण्डकी आवासीय उच्च मा.वि.मा रहेको स्वास्थ्य केन्द्र तथा हेल्थ एण्ड स्यानिटेशन क्लवको संयुक्त आयोजना तथा प्रर्पेmक्ट डेन्टल केयर, चिप्लेढुङ्गाको प्राविधिक सहयोगमा गण्डकी आवासीय उच्च मा.वि. लामाचौर, पोखरामा एकदिने दन्त शिविर मंगलबार एक समारोहका बीच सम्पन्न भएको छ । शिविरमा कक्षा चारदेखि ६ सम्मका करीव ३ सय ५० जना विद्यार्थीहरूको दन्त परीक्षण गरी आवश्यक सुझाव सल्लाह दिने काम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्राचार्य रविप्रसाद बरालले आफ्नै विद्यालयका भूपू विद्यार्थी डा. उमेश पराजुलीद्वारा गरिएको दन्त सेवाले विद्यालयको आदर्शवचन ज्ञान, चारित्र र सेवालाई आत्मासाथ गरेकोमा विद्यालय परिवार गौरवान्नीत भएको कुरा बताए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सेवा र शिक्षा मिलेको बताए । मन्तव्यकै क्रममा डा. उमेश पराजुलीले विगतमा विद्यालयका यादहरूलाई स्मरण गर्दै विद्यालयको महत्व, विद्यँलय छाडेर गएपछि थाहा हुने र आफ्नै विद्यालयमा आएर सेवा गर्नु पाउनु सच्चिकै आत्म सन्तुष्टि मिलेको बताए । कार्यक्रममा प्रशासकीय अधिकृत कृष्णबहादुर थापा, उच्च मा.वि. निरीक्षक झपिन्द्र अधिकारी, डा. आर्जन खनाल, दिवा विद्यार्थी इन्चार्ज सूर्यबहादुर गुरुङ, हेल्थ सेन्टर प्रमुख सूर्यप्रसाद ओझा, शिक्षक प्रतिनिधि सुजन लम्साल, डा.उमेश पराजुली, डा. सपना तुलाधार पराजुली, डा. विधाता शाक्य लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । विद्यालयकै हेल्थ एण्ड स्यानीटेशन क्लवका सदस्य विद्यार्थीहरूले स्वयम्सेवकीय भूमिका निर्वाह गरेको कार्यक्रमको स्वागत मन्तव्य डा. आर्जन खनाले राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका शिक्षक कोअर्डिनेटर स्थिर बाबु सुवेदीले गरेका थिए भने प्रशासकीय अधिकृत कृष्णबहादुर थापाज्यूले प्राविधिक टोलिका सदस्यहरूलाई विद्यालयको तर्पmबाट मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
स्वास्थ्य-जीवनशैली
» गण्डकीका तीनसय ५० विद्यार्थीको दन्त परीक्षण
Subscribe to:
Post Comments (Atom)
Post a Comment