पोखरा उपमहानगरपालिका वडा नं. ८ न्यूरोडमा बिहीबार बिहान रहस्यमय ढङ्गले आगलागी हुँदा दुई पसल, ४ मोटरसाइकल र एक एकेडेमी जलेका छन् । आगलागीमा परि तीन जना घाइते भएका छन् । डिआईपी सप्लायर्समा बिहान ७ बजे आगलागी हुँदा संगै जोडिएको प्रतिउषा रंग हाउसको पसल, ईष्ट वेष्ट जापानिज ल्याङवेज ऐकेडेमी र चारवटा मोटरसाइकल जलेर नष्ट भएको छ । आगालगीमा परी तनहुँ दुलेगौंडा घर भएका पसल संचालक गोविन्द अधिकारी, उनकी ५ वर्षीया छारी आयुष्का अधिकारी र लेखनाथ नगरपालिका गगनगौंडा बस्ने प्रमिला गुरुङ घाइते भएका छन् ।
पोखराको मुख्य सडक न्यूरोडमा भएको आगलागी नियन्त्रण समयमै दमकल सहितको उपकरण र जनशक्ति नआएको गुनासो स्थानीयको छ । आगलागीको जानकारी पाउने वित्तिकै दमकल आइपुगेको भए न्यून क्षति हुने अनुमान गरिएको भएपनि दमकल आउन ढिलाइ हुँदा घर र घर भित्र रहेका विभिन्न सामानमा ठूलो क्षति पुगेको हो । आगोलागीबाट करिब १ करोड ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ । ईष्ट वेष्ट जापानिज ल्याङवेज ऐकेडेमी संचालक राम श्रेष्ठको मोटर साइकल ग६प २८७७ नम्बरको सिवि जेड मोटरसाईकल, एकेडेमीमा अध्ययनरत विद्यार्थीको ग७प १७३९ र ग७प १७३७ नम्बरको मोटरसाईकल र डिआईपी सप्लायर्स संचालक गोविन्द अधिकारीको ग९प ७७३३ नम्बरको डिस्कभर मोटरसाईकल जलेका छन् । अन्य २ वटा मोटरसाईकल मा पनि सामान्य क्षति पुगेको कास्की प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरि बहादुर पालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । झण्डै साढे एक घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा आएको थियो । पोखरा उपमहानगर पालिकाको दुई दमकल, पानीका ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । याम प्रसाद गुरुङको घरमा दुई बर्ष अघिदेखि अधिकारीले पसल संचालन गरेका थिए भने प्रतिउषा रंग हाउसका संचालक शंकर राउतले ६ महिना अगाडि पसल संचालन गरेका थिए । आगलागी भएपछि दिनभर जसो त्यस क्षेत्रमा सर्वसाधारणको भीड लागेको थियो । नगरपालिका कार्यालयको नजिक रहेको उक्त भवनमा लागेको आगो नियन्त्रणमा आउन अझै ढिलाई भएको भए संगै रहेको गण्डकी विकास बैंक लगायत अन्य व्यवसायिक प्रतिष्ठानमा समेत क्षति पुग्ने थियो । आगलागीको कारण स्पष्ट हुन नसकेपनि कतिपयले विद्युत सर्ट भएर त कतिपयले पूजा गर्नेक्रममा त्यहाँ आगलागी भएको बताएका छन् ।

Post a Comment