0
ऐतिहासिक तथा पौराणिक स्थल कास्कीकोटमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि चैते दशैं मेलाको तयारी पुरा भएको पूजा समितिले जनाएको छ । कास्की कोट गुप्तकालीका मन्दिरमा यहि चैत्र १३ गते शुक्रवार हरेक वर्षका वडा दशै र चैते दशैंमा ठूलो मेला लाग्ने गरेको छ । गुप्त रुपमा  रहेकी गुप्तकालीकाको पूजा अर्चना गर्नाले मानोकामना पुरा हुने धार्मिक विश्वास रहको छ । चैते दशंैमा गुप्तकालीकाको वैदिक तथा तान्त्रिक पूजा गरिने पूजा समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोट गुप्तकालीका मन्दिरमा विश्व शान्तिको कामना गर्दै पुजा गरेने पुजारी कृष्ण प्रसाद उपाध्यायले जानकारी दिए ।
(सृजना सुनार÷विद्यार्थी पत्रकार)

Post a Comment

 
Top