0
पोखरा भ्याली स्पोर्टस् क्लब र डेमसाइड क्लब पोखरामा जारीस्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउटफुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह सीको पोखरा भ्यालीले बिहीबार नवआदर्श क्लब लामाचौरलाई ९–२ को विशाल अन्तरले हराएसँगै सो समूहबाट डेमसाइडले पनि नकआउटचरणमा प्रवेश गर्ने मौका पाएको हो । प्रतियोगितामा सबैभन्दा धेरै गोल अन्तर पनि यही खेलमा हुन पुगेको छ । जीतसँगै पोखरा भ्यालीले शतप्रतिशत नतिजा निकालेको पोखरा भ्याली छ अड्ढसहित समूह विजेता तथा एक खेल हारेको डेमसाइड तीन अड्ढसहित उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको हो । पोखरा भ्यालीको जीतमा विनोद गुरुङ चार तथा गोविन थापा, विरु थापा, भूपाल गुरुङ, सम्रिक गुरुङ र प्रताप सैजूले एक–एक गोलको योगदान दिएका थिए।नवआदर्श क्लबको लागि मात्र दुई गोल तर्फबाट किशोर गुरुङ र सजिश गुरुङले गरेका थिए । दुवै खेलमा हार बेहोरेको नवआदर्श भने लिगचरणबाटै बाहिरिने पहिलो टोली बन्न पुगेको छ । पोखरामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत पोखरा रङ्गशालामा बिहीबार भएको पहिलो खेलमा समूह डी को सहारा क्लबले इन्द्रेणी क्लबलाई ३–० ले पराजित ग¥यो । सहाराको लागि आशिष केसी, रबिन गुरुङ र लक्ष्मण जिसीले एक–एक गोल गरेका थिए ।
जीतसँगै दुई खेलमा चार अङ्क जोडेको सहाराको समूहको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा अङ्क जोड्न नसकेको इन्द्रेणी समूहको पुछारमा छ । सो खेलमा सहाराका सन्तोष अर्यालले एलोकार्ड पाएका थिए । सोही समूहअन्तर्गत गार्डेन एफसी र नयाँगाउँ युथ क्लबबीचको दोस्रो खेल एक–एक गोलको बराबरीमा टुङ्गियो । सुविन गुरुङले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए पनि अन्तिम समय सम्हालिन नसक्दा पेनाल्टीमा गोल खाँदै गार्डेनले अङ्क बाँड्न बाध्य भयो। बराबरीसँगै गार्डेनले चार जोड्दै दोस्रो स्थानमा झरेको छ भने नयागाउँले दुई अङ्कसहित तेस्रो स्थानमा छ ।
यसैबीच रेफ्रीले निर्धारित समयभन्दा कम खेल खेलाएको भन्दै पोखरा भ्याली स्पोर्टस् क्लबले गुनासो गरेको छ । क्लबका उपाध्यक्ष नरेन्द्र (राजु) गुरुङले बिहीबार भएको पोखरा भ्याली स्पोर्टस् क्लब र नवआदर्श क्लबबीचको तेस्रो खेल पाँच मिनेटअगावै टुङ्गयाइदिएको गुनासो गरे । उनले रेफ्री राजेन्द्र तामाङले ७० मिनेटमो निर्धारित खेललाई दोस्रो हाफमा ३० मिनेटमा टुङ्गयाइदिएको आरोप लगाए । उनले रेफ्री (राजेन्द्र) सँग जिज्ञासा राख्दा उनले विपक्षी मेनेजरले छिटो सकाइदिनु भनेकोले छिटो सकाएको जवाफ दिएको बताए । उपाध्यक्ष गुरुङले भने–‘मैलै विपक्षीलाई मात्र सोधेर हुँदैन हामीलाई पनि सोध्नुपर्छ नि भनेर जवाफ फर्काउँदा रेफ्रीले चित्त नबुझे मिडियामा जान सुझाव दिए ।’

Post a Comment

 
Top