बि एन एस ब्वाईज क्लबको आयोजनामा आगामी चैत्र पहिलो साता कास्कीको लेखनाथमा आयोजित सेभेन ए साईड फुटबल प्रतियोगिता तयारी पूरा भएको छ । लेखनाथ–१ भण्डारढिक स्थित प्रस्तावित रंगशालामा आज मंगलबारदेखि संचालन हुने प्रतियोगिता ७ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक अमन गुरुङले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी, अनुशासित टिम, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । मनकामना दर्शन प्रालिले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई स्थानीय प्रवल जंग राणाले सह–प्रायोजक गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न दुई लाख ६० हजार रुपैयाँ खर्च लाग्ने र झण्डै साढे ३ लाख आम्दानी गरी करिब डेढ लाख बचतको लक्ष्य राखिएको छ । भण्डारढिकको प्रस्तावित रंगशालामा लामो समयसम्म प्रतियोगिता सञ्चालन नभएपछि आदर्श युवा क्लबका पदाधिकारीको समन्वयमा प्रतियोगिता संचालनको लक्ष्य सहित भण्डारढिक र सैनिक वस्तीका युवाहरु मिलेर नयाँ क्लव गठन गरेका हुन् । प्रस्तावित रंगशालामा १३ लाखको लागतमा फुटसल मैदान निर्माण भैसकेको छ भने अन्य पूर्वाधार निर्माणको चरणमा छ । प्रतियोगिताबाट बचत भएको रकम खेलाडी अक्षयकोष र मैदान निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment