0
बलात्कार विरुद्ध वृहत ¥याली पोखरामा सोमबार प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध अभियान मूल आयोजक समितिको आयोजनामा सम्पन्न ¥यालीमा हजारौं नागरिकको सहभागिता रहेको थियो । सहभागीहरुले बलात्कार विरुद्ध कडा कानून निर्माण गर्नुपर्ने, पीडितलाई तत्काल सुरक्षा सहितको न्याय दिनुपर्ने, बलात्कारीलाई सर्वस्व सहित आजीवन कारावासको व्यवस्था गरिनुपर्ने, अपराधीलाई राजनीतिक संरक्षण गर्न नहुने लगायतका नाराहरु प्रर्दशन गरीएको थियो । पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकदेखि सुरु भएको ¥यालि न्युरोड हँुदै सभागृहमा समापन हुने भनीएापनि ¥यालीका सहभागीहरुले जिल्ला प्रशासन कार्यालयमा जान माग गरेपछि सृजनाचोक, रत्नचोक,राष्ट्रवैंक चौक हुँदै सहीदचोक जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिंदै समापन भएको थियो । त्यस अवसरमा बलात्कारको शिकार बनेकी बाराकी पूजा शाहका साथै पोखरामा भर्खरै मृत्यु भएकी अधिकारीसम्म र हालसम्म लैङ्गिक हिंसाका कारण मृत्यु भएका महिलाहरुको सम्झना गरिएको थियो । समापन अघि आधा घण्टा नारावाजी गर्दै बसेका सहभागीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन माग गरेका थिए । टोल विकास संस्था नगर समन्वय समिति तथा आमा समूहको संयोजनमा सम्पन्न ¥यालीमा पोखरा, लेखनाथ तथा गाविसहरुबाट समेत नागरिकहरु स्वतःस्र्फूत रुपमा सहभागी थिए । ¥यालीमा विद्यार्थीदेखि, उद्यमी, आमा समूह, टोल विकास संस्था, युवा क्लव, सहकारी, लायन्स, लिओ, व्यवसायी संघठन,पेशागत संगठन, राजनीतिक दलका प्रतिनिधि, जातजातिका समूह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै अभियान मूल आयोजक समितिका संयोजक, नेपाल पत्रकार महांघकी केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेलले ¥यालीमा सहभागी भएर ऐक्यवद्धता जनाउने सवैलाई धन्यवाद ज्ञापन गरिन् । उनले बलात्कारी विरुद्ध कडा कानून निर्माण नभएसम्म यो अभियान जारी रहने बताउँदै अब यस्ता घटना दोहोरिन नदिन दवाव ¥यालीले दवाव दिएको बताइन् । यस्ता प्रकारका जघन्य अपराधको कानूनमा संशोधन गरी पीडितलाई तत्काल उचित न्यायको व्यवस्थाका साथै पीडकलाई सर्वश्व सहितको आजीवन कारावासको व्यवस्था गरीनुपर्नेमा उनले जोड दिइन् । त्यस अवसरमा बलात्कार विरुद्ध कडा कानूनको माग गर्दै हस्ताक्षर संकलन समेत गरिएको थियो । उक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइने कार्यक्रम समेत रहेको छ भने कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रीलाई आइतवार नै मूल आयोजक समितिले ज्ञापन पत्र वुझाईसकेको छ ।

Post a Comment

 
Top