कास्कीमा ६२ वर्षीयले एक छात्रालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सिद्ध निम्न माध्यमिक विद्यालय, लुम्ले कास्कीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ६२ वर्षीय डिलबहादुर गुरुङ घर्तीले कक्षा ९ मा पढ्ने छात्रालाई जबर्जस्ती करणी गर्दै आइरहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । ती छात्रा ६ महिनाकी गर्भवती समेत भएको अस्पतालले पुष्टि गरिसकेको छ ।
कक्षा ९ मा पढ्ने छात्रालाई विगत ६ महिनादेखि विभिन्न प्रलोभन देखाउँदै जवर्जस्ती करणी गर्दै आएका गुरुङलाई प्रहरीले चैत ३ गते मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार रजौरले जानकारी दिए । गुरुङलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको छ । यस घटनालाई गाउँमै मिलाउन करणी गर्ने गुरुङले १५ लाख रुपैयाँसम्म दिन तयार भएका थिए । स्रोतका अनुसार पीडितलाई दिने भनेर जग्गा समेत छुट्याएर गाउँमा मिलाउन खोज्दा यस्तो अपराधलाई लुकाउन हुँदैन भनि गाउँकै व्यक्तिले प्रहरीलाई खबर गरिदिएका थिए ।

Post a Comment