सृजना आवासीय उच्च माध्यमिक विद्यालय पोखरा–८ सृजनाचोकका कक्षा ११का विद्यार्थीहरुले कक्षा १२का विद्यार्थीहरुलाई बुधबार बिदाई गरेका छन् । कक्षा ११ का विद्यार्थी आयुष नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सृजना एकेडेमी प्रालिका अध्यक्ष डम्बर बहादुर केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल, प्राचार्य डोलराज पाण्डे, उच्च मावि संयोजक जीवन रेग्मीले विदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरे । प्रमुख अतिथि केसीले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गर्ने भन्दा पनि शुभकामना दिने कार्यक्रम भएको बताए । आगामी दिनमा अझै उत्कृष्ट बन्न सुझाव दिदै प्रमुख अतिथि केसीले अनुशासन, आत्मबल, इमान्दारिता विद्यार्थीको लागि महत्वपुर्ण पक्ष भएको बताए । उनले सिक्ने र सिकाउनेक्रम कहिलै नसकिने बताए । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थी टेकराज घिमिरे र कक्षा ११ का विद्यार्थी सन्ध्या सुवेदी, सदिक्षा जिसी, अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थी अजय सुवेदी, किशोर सुवेदीले गजल प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment