0
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई सुन्दर बनाउन स्वयं पोखरेलीहरु नै सक्रिय हुनु पर्नेमा जोड दिएका छन् । टोल विकास संस्था वडा समन्वय समिति पोखरा–५ मालेपाटनले सरसफाई अभियानको उद्घाटन गर्दै उनले पोखरा सुन्दर नगरि हो, यसलाई थप सुन्दर बनाउन पोखरेली तथा यहाँका सरोकारवाला सक्रिय हुनुपर्ने बताए । पोखरा उप–महानगरपालिकाले सिंगो नगर क्षेत्रलाई नै सफा सुन्दर बनाउनका लागि अभियान सुरु गरेको भोलिपल्टै समितिले सरसफाई कार्यक्रमको आयोजना गरेको अध्यक्ष उज्वल खत्रीले बताए । पोखरा–५, जिरोकिलोमिटर बाट शुरु गरिएको अभियानमा सहभागी भएको कार्यक्रममा पोखरा उपमहानगर पालिकाका कार्यकारिणी अधिकृत महेश बराल, सफाई अभियानका अभियन्ता योग गुरु डा.राजु अधिकारी, नेपाल सरकारबाट सरसफाई अभियानका लागि नियुक्त भएका सद्भावना दूत हास्य कलाकार सिताराम कट्टेल, नागरिक समाज पोखरा–७ का संयोजक रामबहादुर पौडेल लगायतलाई समितिका अध्यक्ष उज्वल खत्रीले कुचो हस्तान्तरण गरी सरसफाई अभियानको थालनी गरिएको थियो । टोलीले फेवा मार्ग, मदन मार्ग र पोखरा–वाग्लुङ राजमार्ग वरपर सरसफाई गरी दुई ट्रक भन्दा बढि फोहोर संकलन गरेको थियो । सरसफाई अभियानको वडा समन्वय समिति, नमूना आदर्श आमा समूह, मालेपाटन टोल विकास संस्था, नन्दकिशोर टोल विकास संस्था र अभियान युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए ।  सार्वजनिक स्थलमा फोहोर गर्नेलाई जरिवाना गर्न नेपाल सरकारका मूख्य सचिव लिलामणि पौडेलले निर्देशन दिइसकेका छन् । फोहोर व्यवस्थापनमा सघाउने संस्थाको लागि जरिवारनाको ५० प्रतिशत र ५० प्रतिशत नगरपालिकामा जरिवाना रकम संकलन गर्न निर्देशन दिदैं मूख्य सचिव पौडेलले ७० प्रतिशत फोहार घरबाटै व्यवस्थापन गर्न सकिने बताएका थिए । सोही अनुसार टोल विकास संस्था वडा समन्वय समिति पोखरा–५ मालेपाटनले अभियानसँगै सचेतना जगाउँदै अघि बढेको अध्यक्ष उज्वल खत्रीले जानकारी दिए

Post a Comment

 
Top