राप्रपा नेपालका केन्द्रीय महामन्त्री चन्द्रबहादुर गुरुङले नेपालका प्रमुख तीन दलका अशक्षम नेताका कारण देशको संविधान धरापमा परेको वताएका छन् । राप्रपा नेपाल कास्कीद्वारा वुधवार पोखरामा आयोजित सम्मान तथा छलफल कार्यक्रममा वोल्दै उनले प्रमुख दलका नेताहरुको सत्ता लुछाचुँडीका कारण फेरी दोश्रो संविधान सभा पनि भंग हुने हो कि भन्ने आशंका देशमा बढ्दै गएको बताए । देशका प्रमुख विषयवस्तुमा जनमत संग्रह गरिनु पर्ने र सनातन हिन्दू धर्म सापेक्ष राष्ट्र घोषणा गरिनु पर्ने उनले बताए । सो अवसरमा महामन्त्री गुरुङले भर्खरै पार्टीको केन्द्रीय सदस्यमा मनोनित रमेशवहादुर भट्टराईलाई फूल माला र अविर लगाएर सम्मान समेत गरेका थिए । राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य शिवकुमार वाँस्तोला, केन्द्रीय प्रशिक्षण विभाग सदस्य वरुण विक्रम राणा, सम्मानित व्यक्ति रमेशवहादुर भट्टराई, सल्लाहकार संयोजक रोमवहादुर भण्डारी, नागरिक अगुवा लक्ष्मण कार्की, उपाध्यक्ष नेत्रवहादुर वस्नेत, भीमराज भण्डारी र पार्टी सचिव अर्जुन बहादुर बस्नेत लगायतले आ–आफ्ना भनाई राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment