कांग्रेस कार्यकर्ता भेलामा कांग्रेस नेता एवं पूर्व मन्त्री गोपाल मान श्रेष्ठले पार्टीको १२औं महाधिवेशनले दिएको म्याण्डेट अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको भन्दै अब सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । भेलामा पूर्व सांसद शुक्रराज शर्मा, सभासद शारदा पौडेल, स्याङ्जा कांग्रेसका सभापति एवं सभासद कमल प्रसाद पगेनी, कांग्रेस नेता खेमराज पौडेल, कास्की कांग्रेसका उपसभापति विष्णुप्रसाद बाँस्तोला, सचिवद्वय कृष्ण केसी र युवराज कुँवर लगायतले आ–आफ्नो भनाइ राखेका थिए । यसैगरी प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा युनियनका अध्यक्ष शिरोमणि बराल, उपाध्यक्ष माधव रेग्मी र सचिव प्रकाशच
न्द्र सापकोटाले आ–आफ्नो भनाइ राखेका थिए ।

यसअघि जनताले माओवादी लाई जनादेश दिएको भएपनि उनीहरुले संविधान बनाउन नसकेपछि यसपटक कांग्रेस एमालेलाई जनताले संविधान बनाउन जनादेश दिएको भन्दै नेता देउवाले अब आफूहरुले जसरी भएपनि संविधान बनाएरै छाड्ने स्पष्ट पारे । संघीयताको सवालमा उत्पन्न विवादका बारेमा कांग्रेस एमालेले समन्वयात्मक ढङ्गले सबैको भावनाको कदर गर्दै प्रान्तको निर्माण गर्न चाहेको उनले बताए । कांग्रेस एमालेलाई पहिचान विरोधीको आरोप लागिरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले प्रान्तीय राज्यको नामाकरण भने प्रान्तीय सभाले नै गर्नुपर्नेमा जोड दिए । ‘अहिले काठमाडौंमा बसेर प्रान्तको नामाकरण गर्ने होइन, सम्बन्धित प्रान्तका जनताले छानेका प्रतिनिधिले नै नामाकरण गर्छन् । त्यसैले के नाम राख्ने भन्ने बारेमा अहिले विवाद नगरौं ।’–उनले भने–‘नेपाली कांग्रेसले दलित,जनजाति, मधेशी, महिला सबैलाई पार्टीमा र सरकारमा समेत आरक्षणको व्यवस्था परेको तर एमाओवादी लगायतका दलले पार्टीभित्र समेत स्थान दिएका छैनन् । तर अहिले दलित, जनजाति र मधेशीलाई उकास्ने र झुट्टा आश्वासन दिने काम उनीहरुले गरेका छन् । यस बारेमा सचेत हुन जरुरी छ ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणका लागि सबैको सकारात्मक सहयोग हुनपर्नेमा एमाओवादी सहितका केही दलले संविधानसभालाई समस्यामा पार्ने र दुर्घटनातर्फ मुलुकलाई लैजान कोशिस गरेको बताएका छन् । कास्की कांग्रेसको कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्नेक्रममा नेता देउवाले पहिलो संविधानसभामा बहुमत प्राप्त गरेको एमाओवादीले संविधान निर्माणमा ध्यान नदिएको र अहिले आफू अल्पमतमा परेपछि संविधान बनाउन नदिएको आरोप लगाए । ‘हिजो संविधान नबनाउने र आज संविधान बन्न नदिने पक्षमा एमाओवादी देखिएको छ । यसले संविधानसभालाई अप्ठेरोमा पारेको छ ।’–नेता देउवाको भनाइ छ । उनले संविधान निर्माणका लागि देखिएका समस्या वार्ताबाट समाधान होस् भन्ने उद्देश्यले नेपाली कांग्रेस हदै सम्मको लचिलो बनेको बताउँदै एमाओवादी सहितको तीस दलीय मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन पनि आग्रह गरेका छन् । पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका साथै नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता देउवाले संविधान बनाउने कुरामा सबैको सहमति होस् भनेर नै कांग्रेस लचिलो बनेको स्पष्ट पारे । एमाओवादीले प्रक्रिया अनुसार संविधान बनाउन पहल गर्ने हो भने संविधानसभा नै छाड्ने चेतावनी दिइरहेको बेला कांग्रेस नेता देउवाले भने–‘जसले जे छोडे पनि संविधान त जसरी पनि बनाउन पर्छ ।’
Post a Comment