पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको स्वास्थ्य सेवा प्रवाह अझै सुधार गर्ने प्रतिवद्धता जनाईएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्की र अस्पतालको संयुक्त सहकार्यमा भएको कार्यक्रममा विभागीय प्रमुखहरुले सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् ।
अस्पतालको सेवा प्रवाहका क्रममा आएका गुनासाका वारेमाभएकअन्तत्र्रियामा मेट्रोन प्रमुख राधिका रेग्मी, सरसफाई प्रमुख सुधा पराजुली, मर्मश शाखा ईन्चार्ज विकास अधिकारी, प्रशासन, आर्थिक, क्यान्टिन, फार्मेसी लगायतका विभागीय प्रमुखहरुले सुधारको प्रतिवद्धता गरेको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए । अन्तत्र्रिmयामा अस्पतालका मेडीकल सुपेरीटेन्डेन्ट डा.श्रीकृष्ण श्रेष्ठले अस्पतालमा आएका विरामीलाई कमीशसको लोभमा नीजि अस्पतालमा पठाउने चिकित्सक तथा प्राविधिकलाई कारवाही गर्ने बताएका छन् । डा. श्रेष्ठले भने–कुनै पनि चिकित्सक आफ्नो समयमा अस्पतालमा वस्दैनन् र काम गर्दैनन भने तत्काल मलाई जानकारी गर्नुहोस् अस्पताल प्रशासनले कार्वाही गर्छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्की र अस्पतालको संयुक्त सहकार्यमा कार्यक्रममा डा. श्रेष्ठले गरिव नागरिकले सहज स्वास्थ्य सेवा पाउने अधिकारलाई हेलचक्र्याई नगर्न पनि अनुरोध गरे ।
अस्पतालको सबैभन्दा ठूलो समस्या सरसफाई वनेको छ, यसलाई पनि विस्तारै सुधार गर्दै लगेको उनले जानकारी दिए । सिटी स्क्यान मेशीन बिग्रेको लामो समय भैसक्यो, अहिले मर्मत कार्य भैरहेको छ, अबको केही समयमा त्यो समस्या पनि समाधान हुने श्रेष्ठले जानकारी गराए । अस्पतालको ल्यावमा कर्मचारीले कमीकमजोरी गर्ने गुनासो पनि आएको थियो, केहीलाई आफूले नसियत दिएको र सुधारको प्रक्रियामा रहेको उनले जानकारी दिए । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. कालु शर्माले नागरिक समाज र सरकारको संयुक्त प्रयासले मात्रै स्वास्थ्य सेवा प्रवाह सुधार हुने विश्वास गरे । दक्ष जनशक्ति एकातिर छैन भने अर्काेितर क्षमता बढाउने कार्य सरकारी तवरवाट नभएको कारण पनि अस्पतालको सेवा गुणस्तरीय बन्न नसकेको शर्माले दावी गरे । अस्पताल विकास समितिका सदस्य तीर्थलाल श्रेष्ठले सर्वसाधरण सेवाग्राहीको गुनासोलाई अस्पताल प्रशासनले समयमै सुनुवाई गर्ने धारणा राखे । अन्तत्र्रिmयामा सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष पुण्य पौडेलले अस्पतालले दिएको सेवाका विषयमा नागरिकले गरेका गुनासाका वारेमा जानकारी गराएका थिए । उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा जिम्मेवार भएर सेवा दिन पनि अस्पता प्रशासन, चिकित्सक तथा प्राविधिकहरुलाई आग्रह गरे । अस्पताल विकास समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज पोखराका अध्यक्ष रामवहादुर पौडेल, अर्जुनकुमार पौडेल, पत्रकार माधव पनेरु, जैनव खातुन लगायतले अस्पतालको सेवाप्रवाहका वारेमा गुनासो राखेका थिए ।

Post a Comment