कास्कीको चापाकोट, भदौरेतामागी, ढिकुरपोखरी र कास्कीकोट लगायतका गाविसको संगमस्थल माझथुममा संचालित महायज्ञमा शनिबार सम्ममा करिब ४७ लाख रुपैयाँ संकलन भएको छ । महायज्ञको आठौं दिनसम्म आइपुग्दा भक्तजनको सहभागिता बढ्दै गएको छ । महायज्ञको आठौं दिन शनिबारमात्र करिब १३ लाख रुपैयाँ संकलन भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको रक्षा गर्ने, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षा प्रचारका साथै सिद्धबराह तपोवन सन्यास आश्रम क्षेत्रको पर्यटकीय विकास, मन्दिर निर्माण बहुउद्देश्यीय भवन निर्माण लगायतका उद्देश्यका साथ सिद्धबराह धनधान्याचल धार्मिक महामहोत्सव एवं श्रीमत् देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गरिएको हो । परमाध्यक्ष श्रोत्रिय ब्रह्मनिष्ट स्वामी श्री निःशेषानन्दजी महाराजको उपस्थितिमा संचालित महायज्ञमा भागवत परिकर ब्र.नारायण प्रसादले भागवत कथा वाचन गरिहेका छन् । महायज्ञको आठौं दिन दिन शनिबार भदौरेतामागी गाविस का सचिव शेरबहादुर कुँवरले गाविसको तर्फबाट दुईलाख रुपैयाँ दिने घोषणा गरेका थिए । यसैगरी चापाकोट–९ घर भइ हाल पोखरा, मासबार बस्ने भूमिप्रसाद पराजुलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने भएका छन् । महायज्ञमा चापाकोट–भदौरे–ढिकुरपोखरी, कास्कीकोट लगायतका गाविस र पोखराको बैदाम लगायत विभिन्न ठाउँबाट सर्वसाधारण एवं विभिन्न संघ–संस्था र समूह पुगेर दान गर्नेक्रम बढिरहेको छ । यसअघि चापाकोट–६ घर भइ पोखरा बैदाम बस्ने शिवलाल पराजुलीले एकलाख १७ हजार ७७७, चापाकोट बोराङका खिमबहादुर भुजेलले ५१ हजार, भदौरै ५ का चूडामणि पराजुलीले एकलाख ११ हजार एकसय ११ रुपैयाँ दान गरेको प्रचार संयोजक केशव प्रसाद सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखरा–५ बस्ने रामप्रसाद तिमिल्सिनाले आश्रम निर्माणमा सहयोग गर्ने आश्वासन दिएका छन् । उनले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको भएपनि द सेकोर्स अफ बेल्जियम संस्थामा रहेका तिमिल्सिनाले सोही संस्थामार्फत सहयोग गर्ने आश्वासन दिएको स्थानीय सिद्धबराह उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीले जानकारी दिए । माझथुमको धार्मिक र पर्यटकीय महत्वलाई मध्यनजर गर्दै सिद्धबराह संस्कृत विद्याश्रममा अध्ययनरत बटुकहरुको शिक्षा, दीक्षा र आवास सुविधालाई व्यवस्थित गर्ने उद्देश्य पनि महायज्ञको रहेको छ । आध्यात्मिक जागरण एवं गुरुकूल स्थापना गरि संस्कृत शिक्षाको प्रचारका साथै विश्व शान्ति, मानव कल्याण एवं धार्मिक र आध्यात्मिक चेतनाको विकास गर्ने, समाजलाई नैतिक, अनुशासित बनाउने लक्ष्य समेत महायज्ञले लिएको छ ।
माझथुमको महायज्ञमा करिब ४७ लाख सड्ढलन

Post a Comment