नेपाल पत्रकार महासंघ कास्की शाखाले २०७२ लाई पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको धेरै भन्दा धेरै तालिमहरु सञ्चालन गरी तालिम वर्ष बनाउने निर्णय गरेको छ । पत्रकारितामा भर्खरै प्रवेश गरेकादेखि लिएर पाका पत्रकारहरु सम्मलाइ विभिन्न खालका तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने बताएको हो ।
महासंघको चैत ७ गते चितवनको सौराहमा सम्पन्न २० औं बैठकले बैशाख महिनाभित्र भवन निर्माण सम्पन्न गरि उद्घाटन गर्ने, पत्रकार कल्याणकारी कोषको रकम वृद्धि गरि २५ लाख रुपैयाँ पु¥याउने, जिल्लामा रहेका स्थानीय निकायका विज्ञापन तथा सूचनाहरु जिल्लामा रहेका सबै सञ्चार माध्यमलाइ वितरण गर्न अनुरोध गर्ने लगायतका निर्णयहरु गरेको छ । महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बैशाख महिनाभित्र भवन उद्घाटन गर्ने र पत्रकारको क्षमता अभिवृद्धि गर्न २०७२ सालभरी धेरै भन्दा धेरै तालिम गर्ने बताए । ‘महासंघमा हाम्रो कार्यसमिति आएको १३ महिना भएको छ । भवन उद्घाटन गर्ने चरणमा पुगेका छौं’ ज्ञवालीले भने, ‘अब पत्रकारको क्षमता अभिवृद्धिका लागि २०७२ सालमा धेरै तालिम सञ्चालन गरि तालिम वर्ष बनाउने छौं ।’ भवन उद्घाटन गरेपछि पत्रकार कल्याणकारी कोषको रकम वृद्धि गर्न महासंघ लाग्ने सचिव त्रिभुवन पौडेलले जानकारी दिए । उनले विभिन्न संघसंस्था तथा व्यक्तिसंग सहयोग आह्वान गरेर तथा महासंघ आफैले विभिन्न कार्यक्रम गरि रकम संकलन गरि २५ लाख रुपैया पु¥याउने बताए । कोषमा अहिले करिव १० लाख रुपैया रहेको छ । पत्रकार विरामी हुँदा तथा विभिन्न अप्ठ्यारामा कोषबाट सहयोग प्रदान गरिदै आएको छ । बैठकले प्रेसमैत्री संविधान निर्माण गर्न, श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न तथा देशका पर्यटकीय क्षेत्रहरु पोखरा, चितवन, नवलपरासी तथा अन्य क्षेत्रको विकास र प्रचारप्रसार गर्न राज्यलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । सौराहमा बैठक सम्पन्न भएपछि पोखरा, चितवन र नवलपरासीका पत्रकारविच छलफल पनि सम्पन्न भयो । बैठकमा महासंघ कास्कीको कार्यसमिति र सल्लाहकारद्धय वद्रीविनोद प्रतिक र नारायण कार्कीको उपस्थिति रहेको थियो ।
महासंघ कास्कीको बैठक पछि चितवन तथा नवलपरासीका पत्रकारबीच पत्रकारिताको चुनौती तथा अवसरका विषयमा अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघ चितवन र नवलपरासी शाखाको आयोजनामा कार्यक्रम भएको थियो । पोखरा, चितवन र नवलपरासीको पर्यटन प्रवद्र्धनका विषयमा पनि अन्तरक्रिया भएको अध्यक्ष ज्ञवालीले बताए । पोखरा र चितवनका पत्रकारहरुविच पत्रकारिताको विकासको लागि भगिनी सम्बन्ध कायम गर्न महासंघका दुवै कार्यसमितिबीच छिट्टै संयुक्त बैठक बस्ने सहमति भएको छ ।

Post a Comment