चार केन्द्र पोखराले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि २४ मार्च २०१५ मंगलबार विश्व क्षयरोग दिवस मनाउने भएको छ । ‘सबै छुटेका क्षयरोगीलाई उपचारमा ल्याई निको पारौँ भन्ने मूल नाराका साथ यो दिवस पोखरामा समेत मनाउन लागिएको पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र पोखराले जानकारी दिएको छ । सोमबार दिवसकै अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.कालु शर्माले क्षयरोग लागेको सुरुको चरणमा ६ महिनासम्म नियमित औषधि सेवन गरे यो रोग पूर्णरुपमा निको हुने बताए । उनले नेपालका हरेक ठाउंमा यो रोग सम्बन्धी सकारात्मक जनचेतना फैल्याउन सके मात्र सन् २०५० सम्ममा नेपाललाई क्षयरोगविहीन बनाउने अभियानमा सफल बन्न सकिने समेत डा.शर्माले बताए । क्षयरोग स्वास्थ्य कमजोर हुने व्यक्तिलाई बढी संक्रमण हुने बताउंदै डा.शर्माले आफूलाई रोग लागेको आशंका लाग्नासाथ उपचार गराउनुपर्ने कार्यक्रममा बताए । नेपालाई सन् २०५० सम्म क्षयरोगविहीन राष्ट्र बनाउनका लागि सरकारले नेपालका हरेक हस्पिटल, स्वास्थ्यचौकी, क्लिनिक तथा स्वास्थ्य उपचार केन्द्रहरुमा यो रोगको औषधि निःशुल्क पाउने जानकारी दिदै शर्माले कसैले रोगको उपचारको लागि पैसा लिने कोसिस गरे सम्बन्धित ठाउँमा उजुरी दिन समेत डा.शर्माले आग्रह गरे । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्र पोखराका निर्देशक डा.मुकुन्द प्रसाद आचार्यले रोग लागेको पुष्टि भएका व्यक्तिहरुका लागि छुट्टै होस्टेलको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
क्षयरोगीका लागि तनहुँको बन्दीपुर तथा बुटवलमा त्यस्तो होस्टेल भएको जानकारी दिंदै निर्देशक डा.आचार्यले अरु व्यक्तिलाई रोग लाग्नबाट जोगाउनका लागि पोखरामा पनि होस्टेलको निमार्ण शीघ्र गरिनुपर्नेमा समेत जोड दिएका थिए । साथै विश्वका ६० प्रतिशतभन्दा बढी व्यक्तिलाई फोक्सोको क्षयरोग लागेको अहिलेसम्म अनुसन्धानबाट खुलेकाले रोग लागेपछि शीघ्र उपचार गराउनका लागि उनले आग्रह गरे । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका क्षयरोग निरीक्षक बसन्त भट्टराईले नेपालमा अझै पनि १५ देखि ३० प्रतिशत क्षयरोगी उपचारबाट छुटेकाले उनीहरुलाई उपचारको पहुँचमा पु¥याउने आफूहरुको लक्ष्य रहेको बताए । काकीको ६१ ठाउँबाट यो रोगको औषधि निःशुल्क वितरण गरिएको बताउंदै भट्टराईले कास्कीमा ४१.८ प्रतिशत महिला तथा ५८.२ प्रतिशत पुरुष क्षयरोगको बिरामी रहेको जानकार िदिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र पोखराका को–अर्डिनेटर डा.उमेश शर्माले आफूहरु नेपाली समाजलाई क्षयरोग मुक्त बनाउनका लागि हरतरहले तल्लीन रहेको बताए । त्यस्तै नाटा कास्कीका अध्यक्ष केशव भण्डारीले क्षयरोगका बिरामीको डाटा मात्र देखाएर नभइ रोगको समस्या समाधान गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले क्षयरोगका डाक्टरहरुको मात्र नभएर सरकारले पनि रोगलाई नेपालबाट नियन्त्रण गर्नका लागि छिट्टै केही व्यवस्था गर्नुपर्नेमा जोड दिए । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक कालु शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशनालय का क्षयरोग, कुष्ठरोग तथा एच.आइ.भी एड्सका निरीक्षक रेगबहादुर थापाले गरेका थिए । विश्व क्षयरोग दिवस मनाउने क्रममा केन्द्रले मंगलबार ¥यालीको आयोजना गर्ने केन्द्रले जनाएको छ । ¥याली पोखराको महेन्द्रपुलबाट, रानीपौवा हँुदै पश्चिमाञ्चल क्षत्रीय क्षयरोग उपचार केन्द्र पोखरामा गएर समापन गरिने केन्द्रले कार्यक्रममा जानकारी दिएको छ । क्षयरोग एक किटाणु म्याकोब्याक्ट्रिम ट्युबरक्लोसिसद्वारा लाग्ने सरुवा रोग हो । यो रोग लागेका रोगीले हाछिँउ गर्दा र खोक्दा यो रोग अरुलाई हावाद्वारा सर्ने गर्छ । समयमा नै रोगको उपचार सुरु गरे अरुलाई सर्दैन । उपचार गर्न सकिने यो रोगलाई निदान गर्ने भरपर्दो उपाए खकार परीक्षण हो । क्षयरोग लाग्दा २ वा २ भन्दाबढी समय खोकी लाग्ने, साझँपख हल्का ज्वरो र पसिना आउने, खान मन नलाग्ने, छाती दुख्ने, दुब्लाउँदै जाने, खकारमा रगत देखिनेजस्ता विभिन्न लक्षणहरु देखिने गर्दछ । नेपाललाई सन् २०५० सम्ममा क्षयरोग विहीन बनाउने उद्देश्यले नेपाल सरकारले यो रोगको औषधि नेपालभरि निःशुल्क प्रदान गर्दै आइरहेको छ ।

Post a Comment