पोखरामा जारी चौथो वृहत् खेलकुद महोत्सव–०७१ अन्तर्गत स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगितामा सोमबार विष्ण पादुका क्लब हेमजा, शीतलज्योति क्लब, एलजी एशोसिएशन र आदर्श युवा क्लब भण्डारढिकले जीत हात पारेका छन् ।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापन मा पोखरा रङ्गशालामा सोमबार भएका चार खेलमा २३ गोल, चारवटा एलोकार्ड वितरण तथा दुईवटा ह्याट्रिक भए । एउटै खेलमा दुई ह्याट्रिक भएको हो । पहिलो खेलमा समूह ए को विष्णपादुका क्लबले संगम क्लबलाई ३–० ले पराजित ग¥यो । विष्णु पादुकाको जीतमा अभिषेक कार्कीले २९, प्रवीन थापाले ५५ था सुविन श्रेष्ठले ६८ मिनेटमा एक–एक गोल गरेका थिए। जीतसँगै विष्णपादुका क्लब महत्वपूर्ण तीन अङ्क जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ । दोस्रो खेलमा सोही समूहकै शीतलज्योति क्लबले एपेक्स क्लब काँडेलाई ४–२ ले हरायो । शीतलज्योतिको लागि अमृत गुरुङले दुई तथा सूर्य लम्साल र विनय गुरुङले एक–एक गोल गरेका थिए ।
दुवै गोल सेकेण्ड हाफमा फर्काएको एपेक्स क्लबको तर्फबाट खगेन्द्र थापा र गणेश गुरुङले गोल गरेका थिए । जीतसँगै शीतल ज्योति समूहको दोस्रो स्थानमा छ । तेस्रो खेलमा समूह बी को एलजी एशोसिएसनले सत्य युवा क्लब बाँझापाटनलाई २–१ ले पन्छायो । एलजीको जीतमा खगेन पुनले २३ र सुलेमान थापाले ५७ मिनेटमा एक–एक गोल गरेका थिए। सत्यको तर्फबाट एलन गुरुङले पहिलो हाफको २८ मिनेटमा गरेको एकमात्र गोल सान्त्वना बन्यो । सो खेलमा एलजीका अशोक गुरुङ र विशव गुरुङ तथा सत्यका सुशिल लामा र किरण गुरुङले एलोकार्ड खाएका थिए ।
चौथो खेलमा सोही समूहको आदर्श युवा क्लब भण्डारढिकले डेभिडफल क्लबलाई ८–३ को विशाल अन्तरले पराजित ग¥यो । सो खेलमा आदर्श युवा क्लबका सुमन लामा र डेभिडफलका बेदबहादुर थपाले ह्याट्रिक गरे । आदर्श युवा क्लबका विनोद थापाले दुई तथा अर्जुन गुरुङ, सञ्जीव गुरुङ र बेलप्रसाद गुरुङले एक–एक गोल गरेका थिए । खेलको १४ मिनेटमा पहिलो गोल गरेका सुमनले ३६ तथा ४४ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरे । यस्तै विनोदले ३१ र ६५ मिनेटमा गरी दुई गोल थपे भने अर्जुनले १७, सञ्जीवले ४७ र बेलप्रसादले ६१ मिनेटमा गोल गरेका थिए । तीन गोल गरेको डेभिडफलको लागि बेदबहादुर थापाले ह्याट्रिक गरे । चार मिनेटमा पहिलो गोल गरेको बेदबहादुरले ११ र ६० मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । जीतसँगै समान तीन अङ्क जोडेको आदर्श युवा क्लब समूह बी को शीर्ष स्थान तथा एलजी दोस्रो स्थानमा रहेका छन् ।
मङ्गलबार तीन खेल हुनेछन् । जसअनुसार समूह डी को गार्डेन एफसी र इन्द्रेणी एकीकृत विकास समाजबीच बिहान साढे सात बजे पहिलो, सोही समूहको नयाँगाउँ युथ क्लब र सहारा क्लबबीच नौ बजे दोस्रो, समूह सी को डेमसाइड क्लब र पोखरा भ्याली स्पोर्टस् क्लबबीच ११ बजे तेस्रो खेल हुने सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए ।

Post a Comment