0
अर्थमन्त्री डा.रामशरण महतमाथि बुधबार पोखरामा आक्रमण भएको छ । उनले चढेको बा१३च २५१ नम्बरको गाडीमाथि एमाआवादी लगायत ३० दलीय मोर्चाका कार्यकताले ढुङ्गामुढा गरेका छन् । एकीकृत नेकपा माओवादी लगायत ३० दलीय मोर्चासंग आवद्ध विद्यार्थी संगठनका नेताहरुले पोखराको सिम्पानीमा आक्रमण गरेका हुन् । कास्कीको सल्यान गाविसमा रहेको एक सहकारीको कार्यक्रममा जाने क्रमममा मन्त्री महतको गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए । बिहान साढे ११ बजेतिर लुकेर बसेका विद्यार्थी संगठनका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए । उनीहरुको ढुङ्गा प्रहारबाट अर्थमन्त्री सुरक्षित छन् । गाडीमा सामान्य क्षति पुगेको कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मन्त्री महतको गाडीमा ढुङ्गामुढा गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटा क्षितिज, पृथ्वीनारायण क्याम्पस पोखराका अखिल क्रान्तिकारीका नेताहरु लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाइँ, दिनेश पौडेल र विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ३० दलीय मोर्चाले सरकारका मन्त्रीलाई कालोझन्डा देखाउने, बहिष्कार गर्ने निर्णय अनुसार विद्यार्थीले कालोझन्डा देखाउन खोजेको तर सफल हुन नसकेपछि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । यसैबीच अर्थमन्त्री रामशरण महतलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले आफ्ना कार्यक्रर्तालाई प्रकाउ गरेको भन्दै टायर बालेर विरोध गरेका छन् । पोखराको पृथ्वीनारायण क्यामपस गेट अगाडि टयार बालेर विरोध गरेका हुन् । विद्यार्थीहरुले टायर बालेर विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप समेत भएको थियो । झडपमा १० जना विद्यार्थी र एक प्रहरी पनि घाइते भएका छन् ।  घाईते हुनेमा अग्रग्रामी विद्यार्थी युनियन कास्कीका जिल्ला सह–सचिव ओन गुरुङ, अखिल क्रान्तिकारीका अमृत खत्री, आर्यन पौडेल, हेलीराज शर्मा, ध्रुव क्षेत्री, सुजन पौडेल, प्रकाश पौडेल, राज रिमाल र सन्तोष भुवाइँ घाइते भएको आश तमुले बताए । उनीहरुको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । प्रहरी र आन्दोलनकारी विद्यार्थी दुबै तर्फबाट ढुङा मुढा सुरु भएपछि प्रहरीले २ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

Post a Comment

 
Top