नेपाली कांग्रेस कास्कीका उपसभापति तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णु प्रसाद बाँस्तोलालाई लक्षित गरि नेकपा माओवादी कास्कीको नामबाट जारी गरिएको पर्चा र प्रचारप्रति कास्की कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पोखरा उपत्यका नगर विकास समिति एक स्वायत्त संस्था भएको र त्यहाँ गरिने बैठकमा विभिन्न राजनीतिक दल र विभिन्न सरकारी कार्यालयका प्रमुखहरु समेत सहभागी हुने व्यवस्था रहेको उल्लेख गर्दै कांग्रेसको नामबाट जारी विज्ञप्तिमा समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने दायित्व अध्यक्षको रहने उल्लेख छ । साथै विज्ञप्तिमा एउटा राजनीतिक दलको नामबाट वितरण गरिएको पर्चा र सर्वसाधारणमा गलत प्रचार गरि आतङ्क फैलाउने काम बन्द गर्न समेत आग्रह गरिएको छ । यसैबीच नगर विकास समितिका अध्यक्ष बाँस्तोलासंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले आइतबार केही विषयमा सोधपुछ गरेको बताइन्छ । विभिन्न क्षेत्रबाट बाँस्तोलामाथि विभिन्न आरोप लागिरहेको बेला अख्तियारले उनीसंग तिनै आरोप मध्ये केही विषयमा जानकारी लिएको अख्तियार स्रोतले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment