0
प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ओजन डिस्कोका संचालक महेन्द्र गुरुङ भोटे सहित १३ जना १५ दिन पछि एक लाख तीस हजार रुपैयाँ धरौटी तिरेर आइतबार तारेखमा रिहा भएका छन् भने अन्य तीन जना ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता भएकाले थुनामै छन् । गत फागुन २३ गते लेकसाइडमा रहेको ओजन डिस्कोमा भएको झडपमा प्रहरी जवान भिम रानाकालाई कुटपिट गरेको आरोपमा कास्की प्रहरीले संचालक महेन्द्र गुरुङ सहित कर्मचारीलाई पक्राउ गरि सार्वजनिक मुद्धा र तीन जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको थियो ।
आइतबार जनही १० हजार रुपैयाँ धरौटी तिरेर। रिहा हुनेहरुमा डिस्को संचालक महेन्द्र गुरुङ, राजु गुरुङ, शिसिर भुजेल, कृष्ण रानामगर, जीवन ओली, रोशन थापा, रविन गुरुङ, अर्जुन गुरुङ, गोपी गुरुङ, सुशिल गुरुङ, सोम गुरुङ, हरि अधिकारी र दिलबहादुर गुरुङ रहेका छन् । उनीहरुलाई सबैलाई दश हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
यसैबीच ओजन डिस्कोका संचालक महेन्द्रको नाममा पे्रषित विज्ञप्तिमा आफूलाई गुण्डाको आरोप लगाइएको भन्दै दुःख व्यक्त गरिएको छ । आफूले विगतमा गल्ती गरेको भएपनि वर्तमानमा आफू सच्चिएको उल्लेख गर्दै उनले आफू एमालेको युवासंघको गण्डकी अञ्चल उपाध्यक्ष रहेको स्पष्ट पारे ।

Post a Comment

 
Top