एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्व अर्थएमन्त्री वर्षमान पुन अनन्तले विगतका सहमतिलाई आत्मसाथ गदै संविधान बन्ने ग्यारेन्टी भए आन्दोलन रोकिने बताएका छन् । उनले विगतका सम्झौता अनुसार ३० दलीय मोर्चा लचक भएर प्रस्तुत भएपनि सत्तापक्ष गम्भीर नभएको आरोप समेत लगाए । क्रान्तिकारी पत्रकार संघ कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले काँग्रेस र एमालेले बहुमतका नाममा विगतका सहमतिलाई लत्याउँदै अगाडि बढेकाले आपूmहरु बाध्य भएर आन्दोलनमा जानु परेको बताए । उनले भने–‘विगतका सहमतीलाई आत्मसाथ गदै सत्तापक्ष सकरात्मक भए आन्दोलन रोकेर बार्तामा आउन तयार छौं ।’ उनले आन्दोलनमा जानु आफूहरुको बाध्यता भएको बताउदै सहमतिमासंविधान बनाउन भन्दा सत्तापक्षले बल मिच्याई गरेर प्रक्रियामा जान खोजेको आरोप लगाए । उनले थपे ‘सत्तापक्ष गम्भीर छैन् । बार्तामा गैहजिम्मेवार भएर प्रस्तुत भए, छलफलमा नौ बुँदे हाम्रो हो भन्छन् ।’ उनले काँग्रेस महाधिवेशनसम्म र एमाले आफनो प्रधानमन्त्रीको सुनिश्चितता नभएसम्म संविधानका विवाद टुङग्याउने पक्षमा नभएको दावी गरे । जनयुद्ध, जनआन्दोलनका उपलब्धिका आधारमा संविधान बनाउन चाहान्छौ उनको भनाई थियो । नेता पुनले सहमतिका नाममा आत्मसमपर्ण र सम्झौता गर्न नसकिने भन्दै संघर्ष र बार्तालाई संगसंगै लैजाने बताए । उनले जनयुद्धकालिन घटनालाई सर्वाेच्च अदालतले अपराधिकरण गर्न गरेपछि र काँग्रेस एमालेले पेलेपछि बाध्य भएर माओबादीहरु एक ठाँउमा उभिएको बताए । ‘जनयुद्धका घटना ब्यूँत्याउने र शान्तिकालीन अवस्थामा स्पेस नदिंदा विचार मिल्नेहरु एक ठाँउमा आएका छौ ।’ कार्यक्रम क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment