0
विद्यालय शिक्षाको फलामे ढोका मानिएको यस बर्षको एसएलसी परीक्षा बिहीबारदेखि  सुरु भएको छ । कास्कीमा एसएलसी परीक्षाको पहिलो दिनको अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो । परीक्षा पूर्ण शान्तिपूर्ण रुपमा सञ्चालन भएको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठ अर्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यस बर्षको परीक्षामा कास्कीको ३० परीक्षा केन्द्रबाट १० हजार ७ सय ४७ परीक्षार्थी सहभागी भए । जस मध्ये नियमित तर्फ ९ हजार ७ सय १७ र एक्जाम्टेडतर्फ एक हजार एक सय ८९ रहेका छन् ।
यसैगरी कास्कीमा १० जना दृष्टिविहीन र १२ जना सुस्तश्रवण भएका सहित कास्कीबाट १० हजार ९ सय २ जनाले बिहीबारदेखि सुरु हुने प्रवेशिका (एसएलसी) परीक्षामा सहभागिता जनाएका छन् । पोखराको अमरसिंह नमूना उच्च माविमा रहेको दृुष्टिविहीन शाखाका ८ जना, लेखनाथ नगरपालिकाको जनप्रकाश उच्च माविबाट २ जना दृष्टिविहीन तथा लेखनाथ नगरपालिकामै रहेको सृजना बहिरा उच्च माविबाट १२ जना सुस्तश्रवण भएका विद्यार्थीले एसएलसी परीक्षामा सहभागिता जनाएका छन् । खुल्ला विद्यालयबाट पनि १ सय ७ जना विद्यार्थी परीक्षामा सहभागी भएको लागेको कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोखरेलले जानकारी दिए । यो वर्ष विभिन्न अपराधमा जेल सजायँ भोगिरहेका ५ जनाले कास्की कारागार र त्यस्तै अपराधमा संलग्न भई कास्कीको सराङ्कोट गाविसमा रहेको बाल सुधार गृहमा राखिएका ५ जनाले पनि एसएलसी दिएका छन् । कास्कीमा ३० वटा परीक्षा केन्द्र, ३० जना केन्द्राध्यक्ष, ४८ जना मुख्य निरीक्षक, ४ सय ४८निरीक्षक, १ सय ४९ सहयोगी र करिब ४ सय सुरक्षाकर्मी परिचालन भएका छन् । त्यसै गरि पश्चिमाञ्चलबाट एक लाख दुई हजार ६ सय ४७ परीक्षार्थी सहभागी भएको पश्चिमाञ्चल क्षेत्रीय निर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए । जस मध्ये नियमित तर्फ ८२ हजार एक सय ९१, एक्जाम्टेड तर्फ १९ हजार ६ सय १२ र प्राविधिक तर्फ ८ सय ४४ विद्यार्थीले रहेका छन् । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देहीबाट १५ हजार ४ सय ३५ तथा सबैभन्दा कम मनाङबाट ७४ परीक्षार्थी सहभागी भएकोे अर्यालले बताए । पश्चिमाञ्चलमा परीक्षाका लागि ३ सय ८० परीक्षाकेन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षार्थी भएको रुपन्देहीमा ५२ र सबैभन्दा कम परीक्षार्थी रहेका मनाङ र मुस्ताङमा एक÷एक परीक्षा केन्द्र रहेका थिए ।

Post a Comment

 
Top