नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा पुस्तक विक्री वितरणमा पव्लिकेशन र विद्यालयका बीचमा हुने गरेको अपवित्र गठवन्धन अन्त्य गर्न उपभोक्ता मञ्च कास्की र विद्यार्थी संगठनका बीचमा कार्यगत एकता हुने भएको छ । उपभोक्ता मञ्च कास्की र कास्कीमा रहेका विद्यार्थी संगठनको शुक्रवार पोखरामा वसेको एक भेलाले कार्यगत एकताको निर्णय गरेको हो । सो निर्णय गर्नेमा उपमोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला, सचिव राजुराज अधिकारी, सहसचिव मिलनप्रसाद तिवारी, सदस्य एवं सञ्चार विभाग प्रमुख कमल पौडेल अथक, सदस्य विष्णुहरि पौडेल र सदस्य सुरेश रानाभाट रहेका छन् । त्यसैगरी विद्यार्थीहरुको तर्फवाट नेविसंघका सरोज केसी, अनेरास्ववियुका हरिवोल गौतम र अखिल क्रान्तिकारीका कृष्णराज दाहाल रहेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले जानकारी दिएका छन् । वजारमा निजी विद्यालयका केही संचालक र केही निजी पव्लिकेशन हरुले अपवित्र गठवन्धन गरी कमिशनको नाउँमा विद्यार्थी र उपभोक्ता ठगी गर्ने नियत राखेको समाचार शुक्रबार गोल्डेन न्यूज दैनिकले प्रकाशित गरेको थियो । सो भेलाले पोखरामा कुखुराको मासुको मूल्यमा भएको एकाधिकार लाई पनि अन्त्य गर्न माग गर्दै उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कार्वाहीको माग समेत गरेको छ । हालै पोखरामा गरिएको मासुको अनुगमनका क्रममा एक किलो कुखुराको मासुमा साँप्राको मूल्य ७ सय ८० कायम गर्दै ५ सय ठगी गरेको भेटिएपछि विद्यार्थी संगठन र उपभोक्ता मञ्च कास्कीले त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उपभोक्ता माथि हुने विभिन्न कालोवजारी रोक्न समेत दुई पक्षवीचमा एकता भएको नेविसंघका नेता सरोज केसीले जानकारी दिएका छन् । विगतका दिनमा पनि विद्यार्थीहरुले उपभोक्ताका अधिकार माथि खेलवाड गर्नेका विरुद्धमा आवाज उठाउँदै आएको र यो पटक पनि आवाज उठाउन पछि नपर्ने अनेरास्ववियुका नेता हरिवोल गौतमले वताए । अखिल क्रान्तिकारीका कृष्णराज दाहालले विकृति र विसंगतिका विरुद्धमा युवा विद्यार्थीहरु सँधै एक हुने बताए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षा
» अपवित्र गठवन्धन अन्त्य गर्न एकता
Subscribe to:
Post Comments (Atom)
Post a Comment