उद्योगपति तथा पूर्वसभासद सूर्यबहादुर केसीले देशमा अख्तियार आतङ्क मच्चिएका कारण विकास योजना प्रभावित भएको बताएका छन् । पोखरामा शुक्रबार पत्रकारहरु सँग कुरा गर्दै उनले मुलुकमा आर्थिक उन्नती गर्नुपर्ने बेलामा अख्तियारको हस्तक्षेपकारी भूमिका कारण योजना कार्यान्वयन गर्नुमा समेत बाधा उत्पन्न भएको टिप्पणी गरे । उनले अख्तियारकै कारण विकासका योजना खर्च गरेर विवादित बन्नुभन्दा खर्च नगर्ने परिपाटीको विकास हुनु मुलुकको लागि दुर्भाग्य भएको बताए ।
उनले मुलुकको विकासका लागि यो पार्टी त्यो पार्टी भन्नुभन्दा राष्ट्रको उन्नति हुने राष्ट्रवादी पार्टी उपयुक्त हुुने सुझाव दिए । उनले देशका राजनीतिज्ञहरु आपूm निकट र गुटगत स्वार्थमा लागेका कारण देशको उन्नति हुन नसकेको स्पष्ट पारे । काँग्रेस, एमाले, माओवादी, राप्रपालगायतका पार्टीमा राष्ट्रको स्वार्थभन्दा गुटगत स्वार्थ हावी हुँदा मुलुकमा अराजकता मच्चिएको, विकासका काम प्रभावित भएको, लगानीको वातावरण नभएको उनले टिप्पणी गरे । उनले दलहरुको दूरदर्शी नीति नहुँदा देश चरम लोडसेडिङमा फस्दै गएको भन्दै सुरु भएका जलविद्युत योजनामा पनि स्पष्ट नीति लागू गर्नुपर्ने बताए । पोखरा आसपासमा आफूले विभिन्न जलविद्युत योजनामा काम गर्दा निकै कठिनाइहरु भएको बताउँदै उनले पार्टीगत स्वार्थभन्दा पनि आफै कमाआंै धन्दामा योजनाहरु समयमा सम्पन्न हुन नसकेको बताए । उनले जन चासोको विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको विकासका लागि कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । उनले युवाशक्ति उमेर र जोश भइञ्जेल विदेशी भूमिबाट पठाएको रेमिट्यान्समा सरकारले मख्ख भइरहँदा बुढेसकालमा उनीहरुको हितका लागि के गर्ने भन्ने बारेमा सोच्न नसकेको बताए । उनले मुलुकको पुँजी पलायन हुनु र युवाशक्ति खाडी मुलुकमा काम गर्न जानु दुर्भाग्य भएको बताए । उनले मुलुकमा क्रमशः मजदूर अभाव पनि निम्तिंदै गएको बताए ।

Post a Comment