0
 सार्क राष्ट्रका दुई स्रष्टाको नेपाली आधुनिक एल्बम नेपाःश्रीको शनिबार पोखरामा लोकापर्णको गरिएको छ । उक्त एल्बमको लोकापर्णका लागि नेपालका लागि श्रीलंकाका राजदूत महामहिम डब्ल्यु. एम. सेनेभिरत्न, बरिष्ठ चलचित्र निर्देशक चेतन कार्की, चलचित्र निर्देशक प्रकाश सायमीले संयुत्त रुपमा लोकापर्ण गरे ।
एल्बममा नेपालका गीतकार दुर्गाबहादुर शाह बाबाको रचना र श्रीलंकाका सुप्रसिद्ध गायक तथा संगीतकार डा. प्रबाथ निलन्त पेइरिसको स्वर र संगीत रहेको छ । आठवटा गीत समावेश रहेको उक्त एल्बमको बजार प्रवद्धनका लागि सम्पूर्ण जिम्मा म्यूजिक नेपालले लिएको छ । उक्त एल्बमा विमोचन गर्दै राजदूत महामहिम डब्ल्यु. एम. सेनेभिरत्नले संगीतको माध्यमबाट दुई देशको सम्वन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले संगीतले सवैलाई मन्त्रमुग्ध बनाउने बताउँदै दुई देश वीचको स्रष्टाको माध्यमबाट सांस्कृतिक सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास ब्यक्त गरे ।
वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीले नेपाली कला र संस्कृतिलाई विदेशमा चिनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए । संगीत विनाको मानिस पुच्छर नभएको जनावर जस्तो हुने बताउँदै विदेशमा नेपाली संस्कृतिको प्रचारमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । अर्का चलचित्र निर्देशक प्रकाश सायमीले श्रीलङका र नेपालका शाह बीचको संगीत संयोजनले मित्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए । लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले नेपाली गीत संगीतले विश्वमा चिनिने अवसर पाएको भन्दै यस प्रकारको सम्वन्ध कायम रहोस भन्ने शुभकामना दिइन । गीतकार बाबाले २०६५ सालमा काठमाडौंको गुरुकुलमा र २०६८ सालमा पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आफ्नो एकल वाचन गरि छुट्टै पहिचान बनाउन सफल बाबा लाई श्रीलंका र कम्बोडियामासमेत एकल वाचन र गायन गर्ने अवसर मिलेको थियो । सोही सन्दर्भमा बाबाले अंग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना सिर्जना वाचन गरेर आम श्रीलंका र कम्बोडियन वाङ्मयप्रेमीको मन जितेका थिए ।
बाबाको उक्त एकल वाचन कार्यक्रमलाई राष्ट्रबैकका डाइरेक्टर डा. बामदेव सिग्देल, रेन्डम रिडर्स सोसाइटी अफ नेपालका वर्तमान अध्यक्ष गनेश पौडेल र गीतकार शाहका छोरा प्रवेश विक्रम शाहले उनका कविता तथा गीतलाई अंग्रेजी भाषामा अनुवाद गरेर सहज बनाएका थिए । श्रीलंकन सेन्टर बैंकका डाइरेक्टर राशिको सहयोग र २०६५ सालमा थाइल्याण्ड जाँदा मित्रता जोडिएका श्रीलंकाका अनन्य मित्र मुथिया हरिरहनको संयोजकत्वमा गीतकार बाबाको श्रीलंका र कम्बोडियामा तेस्रो र चौथो एकल वाचन कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

 
Top