वि.सं.२०१२ मा नेपाली कांग्रेसका नेता समेत रहेका तत्कालिन पत्रकार कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल पत्रकार संघको स्थापना गरिएको थियो । प्रजातन्त्र र स्वतन्त्रताका लागि मिसनको रुपमा स्थापना गरिएको पत्रकार संघ पछिल्लो समयमा महासंघ बनेको हो । अहिले देशभर करिब १० हजार पत्रकार महासंघका सदस्य छन् । स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएकोमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले महासंघलाई सबैको भावना समेट्ने किसिमले संचालन गर्नुपर्नेमा जोड दिए । उनले भौतिक सुविधा भन्दा पनि सबै पत्रकारको चाहना र भावना बुझेर काम गर्न नेतृत्वलाई सुझाव दिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उप–सभापति गंगाधर पराजुलीले विचार र बीटको आधारमा पत्रकारिता संगसंगै धेरै संस्था बनेको भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सबैको छाता संस्थाको रुपमा पत्रकार महासंघ रहेकाले समग्र पत्रकारको पेशागत हकहित र सुरक्षाको सवालमा गम्भीर बन्न आग्रह गरे । उनले अबका दिनमा महासंघलाई श्रमजीवि पत्रकारको पक्षमा या मालिकको पक्षमा लैजाने कि सबैखाले विषय बोकेर अघि बढ्ने कुरा चुनौतीपूर्ण रहेको स्पष्ट पारे । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष वद्रीविनोद प्रतिक र पुण्य पौडेलले पत्रकारको क्षमता र दक्षता अभिवृद्धिमा महासंघले ध्यान दिनुपर्ने बताए ।
केन्दं्रीय सदस्य सुश्मा पौडेलले अझैपनि प्रेस स्वतन्त्रताको सुनिश्चितता नभएको भन्दै राज्यले उपयुक्त नीतिगर्नुपर्ने बताइन । महासंघका कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी कास्की उपाध्यक्ष रामजी लम्साल, क्रान्तिकारी पत्रकार संगठनका संयोजक माधव पनेरु, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, महासंघका पूर्व सचिव दीपेन्द्र श्रेष्ठ, नेपाल ज्योतिष पत्रकार संघका केन्द्रीय अध्यक्ष डा. बलराम उपाध्याय रेग्मी, सचिव त्रिभुवन पौडेल र कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

Post a Comment