नेपालमा श्रम बैंकको स्थापना गरी राज्यले रोजगारीको वातावरण सृजना गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । परिवर्तनका लागि श्रमिक सम्वाद, पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा प्रशिक्षक प्रेम सापकोटा र हिमालय खरेलले श्रमिकको सवालमा सामूहिक सौदावाजीमा जोड दिँदै वैदेशिक रोजगारमा जाने श्रमिकले सस्थागत रुपमा जान आग्रह गरे । राज्यले श्रम बजारको अवमुल्याङ्न गरेको भन्दै श्रमिक सम्वादका सल्लाहकार एवं नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष राम्जी कुँवरले श्रमिकलाई ठूलो समस्या रहेको बताएका थिए । कुँवरले नेपाल सरकारसंग रहेको सामाजिक सुरक्षा कोषको अरवौं रुपैयाँ, वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स र असंगठित रुपमा रहेका मजदुरको रकमलाई संकलन गरि श्रम बैंक छिटो भन्दा छिटो खोल्नुपर्नेमा जोड दिएका थिए । विभिन्न सस्था र प्रतिष्ठानबाट सहभागि ३२ जना सहभागिले आ–आफ्ना धारणा राख्दै हाल विद्यमान रहेको श्रम ऐन र नियमावलीमा परिवर्तन गरी श्रम मैत्री संविधान निर्माणमा जोड दिएका थिए । सम्वादका अध्यक्ष वेदहरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष मुरारी शर्माले वैदेशिक रोजगार विभागबाट तालिमको व्यवस्था गरि चेतना अभिवृद्धिमा जोड दिन श्रमसंग आवद्ध रहेका संघ÷सस्थाहरुलाई अनुरोध गरे ।
नेपाल ट्रेड युनियन काँग्रेसका कार्यवहाक अध्यक्ष ज्ञाज शर्माले वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सलाई सदुपयोग गरि राज्यले श्रम बजारलाई फराकिलो बनाउनुपर्ने बताए । नेपाली समाजमा विचारको खाँचो औंल्याउँदै फुर्सदमा रमाउने परंपरालाई निरुत्साहित गर्न सवैले पहल गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्याल मार्फत उजुरी डेक्सको व्यवस्थागरी श्रमिकलाई सहज बनाउन अन्तरक्रिया कार्यक्रममा जोड दिएका थिए ।
कार्यक्रममा एशियन फोभ कास्कीका तिलक थापा, अधिवक्ता वीरेन्द्र बाँस्तोला, जिफण्टका प्रतिनिधि कविता नेपाली, एम्नेष्टी इन्टरनेशनल समूह–८२ का नविनराज बराल, श्रमिक सम्वादका उपाध्यक्ष गीता विष्ट, नेपाल महिला संघकी मायाँ बराल क्षेत्री लगायतले श्रमको विषय उठान भएपनि मानव अधिकार र वैदेशिक रोजगारीमा गएका श्रमिकको समस्या हल नभएको गुनासो गरेका थिए । दलालबाट ठगिनु, राज्यले वेवास्ता गर्नु, श्रम विभागले तल्लो तहसम्म काम गर्न नसक्नु, खाडी मुलुकमा मजदूर सुरक्षित नहुनु,तस्रो मुलुकमा राजदूतसंग छलफल तथा आफ्ना समस्या राख्न नसक्नुले समस्या बढि रहेको उल्लेख गरेका थिए ।

Post a Comment