0
गोल्डेन न्यूज संवाददाता
पोखरा १७ चैत ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा अन्तर सामुदायिक मैत्रीपूर्ण सेभेन ए साईड प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । केन्द्रको १२ औ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता आज बुधबारसम्म चल्ने छ । मंगलबार भएको प्रतियोगितामा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीलाई ६–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरि दोस्रो खेलमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वैदामाले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको छ । साथै तेस्रो तथा अन्तिम खेलमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथ र  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी बीच खेल बरावरी भएपछि ट्राइवेकरमा लेखनाले माटेपानीलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बलराम शर्मा पौडेलले प्रतियोगिताले सामुदायिक बीचको सम्वन्धलाई अझै प्रगाढ बनाउने बताए । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता लाई आगामी वर्ष पनि निरन्तरता दिनुपर्ने बताए ।

सामुदायिक सामुदायिक बीच अन्तर सम्वन्ध कायम गर्दै नयाँ पिंढीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । स्वास्थ्य र आपसी मेल मिलापका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजन गर्न लागिएको उक्त प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ । प्रतियोगिता मा प्रथम हुनेलाई २२ हजार दुई सय २२ शिल्ड मेडल प्रमाण पत्र र द्वितीय हुनेलाई ११ हजार एक सय ११ रुपैयाँ शिल्ड मेडल प्रमाण पत्र रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका उपाध्यक्ष विष्णुबहादुर खड्गीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र अनुशाशित टिमलाई आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ । पुरानो टँुडिखेल खेल मैदानमा हुने उक्त प्रतियोगितामा टिम दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन शत्रमा खेलकूद उपसमिति संयोजक शिवराज अधिकारीले स्वागत र सचिव गिरिप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top