0
१७ चैत, पर्वत
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियासामु पर्वतका नागरिकहरुले सरकारी कार्यालयहरुले प्रभावकारी रुपमा सेवा दिन नसकेको गुनासो गरेका छन् । जनताको गुनासा सुन्न मंगलवार पर्वत आइपुगेका थपलियासँग कुश्मामा मंगलवार भएको नागरिक सुनुवाई कार्यक्रममा पर्वत जिल्लाका सरकारी निकायका सेवाप्रति नागरिकहरुले चर्को आलोचना गरेका थिए ।

क्षेत्रीय प्रशासन थपलियाले पर्वत जिल्लामा विकास निर्माणको काम समयमै सक्न, गाउँ विकास समितिलाई आ–आफ्नो गाविसमा बसेर काम गर्न र सवै कार्यालयका कामहरु पारदर्शी गराउन निर्देशन दिएका छन् ।
यातायात क्षेत्रमा बढ्दो बिकृति अन्त्य गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । सरकारले लगानी गरेर बनाएको बाटोमा ब्यवसायीले मनोमानी गरेको भन्दै त्यो अन्त्य गर्ने घोषणा गरेका छन् ।
जनताका गुनासा सुनेर सरकारी कामलाई चुस्त पार्ने भन्दै मंगलबार पर्वत आएका थपलियाले नागरिकको गुनासो सुनेपछि अब बिकृति रोक्ने आफ्नो प्रमुख प्राथमिकता रहने बताए । ‘यातायातमा बिकृति बढ्दो छ, ब्यवसायीले आफ्नै सम्पत्तिमा सडक खनेजसरी दादागिरी देखाइरहेका छन, अब म त्यो हुन दिन्न’ उनले भने–‘कानुनविपरित गर्ने जो कोही पनि कारबाहीमा पर्छ ।’
उनले पोखरादेखि मुस्ताङसम्म सिधा सवारी सञ्चालनका लागि आफ्नो पहल रहेको बताए । म्याग्दीका ब्यवसायीले मुस्ताङ सिधा सवारी जानबाट रोकेकोमा उनी आक्रोशित भएका थिए ।

Post a Comment

 
Top