0
पोखरा/ डेमसाइड क्लब र पोखरा भ्याली स्पोर्टस् क्लब पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा म·लबार भएको पहिलो सेमिफाइनलमा डेमसाइड क्लबले गार्डेन एफसीलाई १–० ले पराजित ग¥यो।डेमसाइडको जीतमा पहिलो हाफको ३८ मिनेटमा सुविन गिरीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो।
दोस्रो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले सहारा क्लबलाई २–१ ले हरायो। भ्यालीको जीतमा सञ्जय बुढाथोकी र गोविन थापाले एक–एक गोल गरेका थिए।सहाराको लागि विजय श्रेष्ठले ७० मिनेटमा सान्त्वना गोल फर्काएका थिए। सो खेलमा पोखरा भ्यालीका विनोद गुरुङले डबल एलो (रेड) कार्ड खाएका छन्। एउटै खेलमा डबल एलो (रेड) कार्ड खाने विनोद प्रतियोगितामा दोस्रो खेलाडी हुन्। यसअघि लिगचरणमा सत्य युवा क्लबविरुद्धको खेलमा डेभिडफल क्लबका राजकुमार गुरुङले डबल एलो (रेड) कार्ड खाएका थिए। यस्तै सहाराका सन्तोष अर्यालले एलोकार्ड खाएका छन्।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत बुधबार डेमसाइड र पोखरा भ्याली स्पार्टस् क्लबबीच उपाधिको लागि प्रतिस्पर्धा हुने कास्की जिल्ला फुटबल सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए।

Post a Comment

 
Top