0
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पोखरामा प्रदर्शन गरेको लाठी जुलुस प्रदर्शनका क्रममा भएको झडपमा आन्दोलनकारी तर्फ करिब १० जना र सुरक्षाकर्मीतर्फ ५ जना घाइते भएका छन् । झडपकै क्रममा पोखराको न्यूरोडमा पार्किङ गरिराखिएका तीन वटा गाडी र एक मोटरसाइकलमा समेत तोडफोड गरिएको छ । मोर्चाले निकालेको लाठी जुलुस नगरका विभिन्न स्थानको परिक्रमा गर्दै न्यूरोडबाट सभागृहचोकतर्फ जाँदै गर्दा प्रदर्शनकारीहरु उत्तेजित बनेपछि प्रहरीसंग झडप भएको थियो । झडपका क्रममा आन्दोलनकारी हरुमध्ये घाइते भएका प्रकाश पौडेलको टाउकोमा ६ वटा टाका लगाइएको छ भने गुणराज बाँस्तोलाको नाक फुटेको  एमाओवादीका नेता एवं पूर्व सभासद राजकाजी गुरुङ करणले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार संविधान सभाकी सदस्य तेजकुमारी पौडेलको टाउकोमा, निर्मला न्यौपानेको पिठ्युँमा, दिनश पौडेल र देवी सुवेदीको खुट्टामा सामान्य चोट लागेको छ । प्रहरीसंगको झडपमा घाइते भएका सबैजना स्थानीय फेवासिटी र फिस्टेल अस्पतालमा उपचार गराइ साँझ नै घर फर्किएका छन् । प्रदर्शनकारीसंगको मुठभेडका क्रममा प्रहरीतर्फपनि केही घाइते भएका छन् । जसअनुसार वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक अमर थापाको घाँटी र गालामा तथा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक केशव बस्नेतको हातको लिगामेन्टस् च्यातिएको छ । यसैगरी प्रहरी जवान साबुधोवी मुसलमान, खगेन्द्र पन्त र सन्तोष गुप्ताको पनि टाउको र अनुहारमा चोट लागेको र सबैजना प्रारम्भिक उपचारपछि फर्किएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।
न्यूरोडमा दुवै पक्षबीच गुडिरहेको मोटरसाइकललाई रोक्ने या नरोक्ने भन्ने विषयमा उत्पन्न विवादपछि आक्रोशित बनेका एमाओवादी सहित मोर्चाका कार्यकर्ताहरुले न्यूरोडमा पार्किङ राखिएका तीनवटा गाडी र एक मोटरसाइकलमा तोडफोड गरी क्षति पु¥याइदिएको आन्दोलनकारीले स्वीकार गरेपनि प्रहरीसंग विवाद उत्पन्न हुनु पूर्व नै प्रदर्शनकारीले  न्यूरोडस्थित विष्णुप्रसाद बाँस्तोलाको घरमा ढुङ्गा प्रहार गरी क्षति पु¥याइदिएका छन् । बाँस्तोला नेपाली कांग्रेस कास्कीका उपसभापति तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत हुन् । उनको घरमा ढुङ्गा प्रहार गरेर तीनवटा सीसा फुटाइएको छ । कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालका अनुसार जुलुसका सहभागीहरुले प्रहरीसंगको विवादको कारण भन्दा पनि इन्टेनशनल्ली (नियोजित) तरिकाले घरमा र गाडीमा तोडफोड गरेको थिए ।  प्रदर्शनकारीले तोडफोड गरेको बा१०च ३२३६ नं. को निजी गाडी युनाइटेड दैनिकका प्रकाशक÷ सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका सल्ःलाहकार राजबहादुर गुरुङको हो । गुरुङ पोखरा उपत्यका नगर विकास समितिका सदस्य पनि हुन् । गुरुङको सहित अर्को एउटा निजी कार ग१च ५०६२ र ग१ज १९०० नं. ट्याक्सी पनि प्रदर्शनकारीले लाठी र ढुङ्गाले हानी क्षति पु¥याइदिएका छन् । व्यस्त सडक न्यूरोडमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थानीय सर्वसाधारण आतङ्कित बनेका थिए । लाठी हातमा बोकेर आक्रामक रुपमा मोर्चाका कार्यकता सडकमा उत्रिएको र प्रहरीलाई समेत प्रहार गर्न थालेपछि न्यूरोडका सबैजसो घर र पसलहरु एकाएक बन्द भएका थिए । प्रहरीसंगको झडपछि तितरवितर बनेका प्रदर्शनकारीहरु केही समयमा पृथ्वीचोकमा पुगेर कोण सभामा सहभागी भएका थिए ।  त्यस अवसरमा बोल्दै आन्दोलन कार्यक्रमका सयोजक एवं एमाओवादी कास्कीका नेता राजकाजी गुरुङले आफूहरु आन्दोलनबाट पछि नहटने बताए । उनले आफूहरुको आन्दोलन प्रहरी विरुद्ध नभएको तर राज्य संचालन गर्ने सुशिल कोइराला, केपी ओलीहरुसंग भएको दावी गरे । यसैबीच नेपाली कांग्रेस कास्कीको  लेटरप्याडमा प्रेस विज्ञप्ति भन्दै प्रषित पत्रमा पार्टीका उपसभापति विष्णुप्रसाद बाँस्तोलाको न्यूरोडस्थित घरमा ढङ्गामुढा गरि तोडफोड गरिएको भन्दै भत्र्सना गरिएको छ । पार्टीका प्रचार विभागका सदस्य एवं पत्रकार राजबहादुर गुरुङको गाडी सहित अन्य सवारीसाधनमा पनि तोडफोड गरिएको भन्दै आगामी दिनमा त्यस्तो घटना नदोहो¥याउन सबैलाई आग्रह गरिएको छ । कांग्रेसको उक्त विज्ञप्तिमा कुनैपनि आधिकारिक व्यक्तिको हस्ताक्षर समेत छैन ।  विज्ञप्तिमा प्रयोग गरिएको भाषा समेत अनर्थ लाग्ने खालको छ ।

Post a Comment

 
Top